प्रश्न सोधे पत्रकारले उत्तर दिए मैले
जवाफसँगै भीड बढे, पुलीस घेर्न आइदे
केहि भन्नुस् भन्दाभन्दै, च्याप समाइ तानिदे
धेरै बोलेँ कारण थियो, कानुन नलाई थुन्दे ।
मैले त कुरै बुझिन क्या ।
मैले त कुरै बुझिन क्या,
भोका कामदार कुरिराछन् गुहार्दैछन् खान दे ।
देशमा हुनु के भइसक्यो, देश नै खाछन् यिनले
सत्ताको यो खेल सबै, साथ दिए सबले
चीन-भारत मिलीसके, बा सोध्छन् कहिले?
मैले त कुरै बुझिन क्या ।।
जाहज आयो सुँइ उडि, राहत ल्याउनु पर्ने-
राजनीति हो राज्यलक्ष्मी कहाँ हामीले पाउने?
दिनुपर्छ भोट पहिला अनि आउछ पालो-
भोकै मर्ला देश तर बोल्ने छैनन् तिनले ।
मैले त कुरै बुझिन क्या ।।
मैले त कुरै बुझिन क्या ।।
राजा हटाऊ, प्रजा आउँछ, तन्त्र ल्याउछौँ भन्थे
बहिर रामराम, भित्र भित्रै भाइ सरकार ल्याइदे
मौका पाए लकडाउनमा, लुच्छाचुँडी हानिदे
विरोध गर्न भेला भा’को कानुन नलाई थुन्दे ।
मैले त कुरै बुझिन क्या ।।
-Susan Chaudhary
More from Susan Chaudhary:
1. १०% कर लगाएर हामीलाई हेप्ने ?
2. To My Lady | Poem by Susan Chaudhary

