कतै तिमीले मलाई नै त खाेजेनाै ! Secret Thinker

secret thinker

म तिमीले खाेजेकाे जस्तै पात्र
तिम्राे कल्पनाकाे पात्र, काल्पनिक पात्र।।

तिमी खुशी हुँदा स्याबासी दिने अनि तिमीसँगै खुशी बाट्ने
तिमीले भनेका मान्ने अनि तिमीले चाहेकै भरिदिने
खुशी साट्ने अनि त्यसमा केही मात मिसाउने
उत्सव मनाउने!
त्यस्ति पात्र, म तिमीले खाेजेकाे जस्तै पात्र।

तिमी दुःखी हुँदा अनि तिम्रा आँखा उदासिदा म केही नबाेल्ने
तिमीले समय मागेकाे हुन्छाै नि? चुपचाप बसिदिने
अबेर पछि जब तिम्राे मनमा म खट्किन्छु नि
अनि ‘सुन त’ भन्दै बाेलाउँदा झट्टै बाेलिदिने
त्यस्ति पात्र, म तिम्राे मनकाे पात्र।

रिसले आँखा नदेख्दा नानाथरी कुन्नि के हुन्
तिमीले बाेलेका सबै सुनिदिने माैन बस्ने
तिम्रा अस्पष्ट भावनाकाे बावजुत तिमीसँगै रहने अनि रमिदिने
खेलासिकी हाेइन भन्दै म आफैलाई बुझाउने
त्यस्ति पात्र, म तिम्राे सपनाकाे पात्र।।

माया चाहिए माया दिने,
अहँ नजिक नआएस् भन्दा टाढिदिने
कठ्पुतली जस्तै म तिम्राे इसारमा चल्ने पात्र
तिम्राे मनकाे चाह बुझिदिने अनि केही नबाेली सुम्पिने
त्यस्ति पात्र, म तिम्राे इसाराकाे पात्र।

नबुझेकाे दाेहाेराे नसाेध्ने, जानेकाे तिमीलाई नसिकाउने
कहिलेकाहीं टाकान-टुकन पनि गर्ने
तिमीले साेचेकाे मैले पुर्याउने अनि झट्टै बुझ्ने
नजिकी रहँदा रहँदै टाढिएकी
त्यस्ति पात्र, म तिम्राे भावनाकाे पात्र।

केही नबुझ्ने अबाेध पात्र
खेलासिकीकाे पात्र
अन्जानकाे पात्र अनि माैन पात्र
तिम्राे काल्पनिक पात्र।।

-secret thinker

 

Image by Christopher Ross

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments
We are Writers who do not want to reveal our names. If you wish the same, mention #nonameplease on top of your writing and your name will be secret too.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *