Nepali Poem | प्रतीक्षा | Sriya Shrestha

Sriya Shrestha nepali Poem

 

प्रतीक्षा ,

मेरो प्रेमको साक्षी हुन् रे

तिम्रो लागि मसँग सागर जस्तै गहन प्रेम छ रे

तिमीलाई आफ्नै भनी संसारलाई चिनाउने सपना छ रे

मलाई प्रतीक्षाले भनेकी !!!

भगवान् सामु शिर निहुराउँदा तिम्रो लागि पनि खुसी माग्छु रे

आफूलाई नियाल्दा अलिकति तिमीलाई पनि पाउँछु रे

मलाई प्रतीक्षाले भनेकी!!!!

उनी भन्छिन् ,म उनकै आडमा तिमीलाई अझै प्रेम गर्छु

म उनकै राप तापेर पग्लिन्छु अनि रमाउँछु

उनले मलाई तिमीसँग राहतको सास लिएको देखेकी छिन् रे

मैले निडरता साथ संसार जित्ने आट गरेको देखेकी छिन् रे

तर मलाई थाहा छ

उनी झूट बोल्छिन्

कहाँ अतीतलाई अँगाल्छु र म??

कहाँ म अडिन्छु र कसैले गर्दा?

अह……म मान्नै सक्दिन

तर पनि उनी भन्छिन्

“म तिम्रो प्रेमको साक्षी हुँ”

 

 

Read more Nepali poem From Sriya Shrestha:

 

Menstrual Mark | Poem by Sriya Shrestha

Life’s Learning Never Ends | Sriya Shrestha

___________________________________

Life is a pile of experience- Poem

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *