“‘पल्पसा क्याफे’ उपन्यास प्रकाशन गर्दै सुरु भएको पब्लिकेसन नेपा~लयको यात्रा २० वर्ष पुगेको छ । यो सुखद अवसरमा वर्तमान सहस्राब्दीमा जन्मेका संसारभरका नेपाली/नेपाली मूल/नेपाली भाषी लेखकलाई कथा, कविता र निबन्धका निमित आह्वान गर्छौँ ।” –
नियम
• तीनवटै विधामा सहभागी हुन पाउनुहुनेछ ।
• तीनवटै विधा बढीमा २५ सय शब्दमा लेख्नुहोला ।
• तीनवटै विधा जुनसुकै शीर्षक, विषय, शैली, लयमा लेख्न सक्नुहुनेछ ।
• तीनवटै विधाका रचना कुनै पनि माध्यमबाट सार्वजनिक नभएको हुनुपर्नेछ ।
• तीनवटै विधा नेपाली वा नेपालभित्र बोलिने सबै भाषा वा अंग्रेजीमा लेख्न सक्नुहुनेछ ।
• एआई सिर्जित लेख-रचना अमान्य हुनेछन् ।
यो पनि
लेखनशैली रसिलो-कसिलो, सरल-तरल, शुद्ध-पुष्ट, छोटो-छरितो भएमा रचना छानिने सम्भावना बढी हुन्छ ।
निबन्ध खुला विधा भएकाले यसमा प्रबन्ध, संस्मरण, यात्रा, जीवनी, प्रोफाइल, फिचर, मनोवाद, हास्य, व्यङ्ग्य, टिप्पणी, ओपेड, कुरुक्षेत्र, केहीको समीक्षा, भावना, कल्पना, धारणा, सूचना, प्रभाव, श्रुति आदि सबै खाले रचना मुक्त ढंगले लेख्न सक्नुहुन्छ ।
छनोट
उत्कृष्ट २५ छान्ने काम लेखक श्रवण मुकारुङ, भूषिता वशिष्ठ र नारायण वाग्लेको छनोट समितिले गर्नेछ ।
तीनवटै पुस्तक सन् २०२५ भित्र पब्लिकेसन नेपा~लयबाट छापिनेछन् ।
छानिएका लेखकले पब्लिकेसनको नियमअनुसार रोयल्टी पाउनुहुनेछ ।
छानिएका केहि लेखकसँग पुस्तक प्रकाशनको सम्झौता गरिनेछ।
योग्यता
लेखकको जन्म २००० जनवरी १ र त्यसपछि भएको हुनुपर्नेछ ।
आफ्नो जन्ममिति खुल्ने फोटोसहितको कुनै पनि परिचयपत्र पठाउन सक्नुहुनेछ ।
डेडलाइन
२०२५ फेब्रुअरी २५ सम्म ।

Read other famous travel itinerary in Nepal:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

