मुस्कानको प्रहारले शत्रु, घायल भयो रे
निन्द्राबाट बिउँझाउने यहाँ, पायल भयो रे
उड्छु, उचाल्छु, उफ्रिन्छु, के-के गर्छु भन्थ्यो?
प्रेममा परेकै क्षण, ऊ पागल भयो रे ।।
लठ्ठ पार्ने आँखाको, गाजल भयो रे
माटोसँगै भिजाउने, बादल भयो रे
बाँच्छु, नाँच्छु, हाँस्छु, के-के गर्छु भन्थ्यो?
प्रेममा परेकै क्षण जिन्दगी, हलचल भयो रे ।।
सानो झिल्का लौन बरै, विशाल भयो रे
उसलाई नअपनाएको भन्दै, हड्ताल भयो रे
रण, राग, रचना, के-के गर्छु भन्थ्यो?
प्रेममा परेकै क्षण शंकाको, पर्खाल भयो रे ।।
छोडेको त उहिले हो आज, तल्तल भयो रे
सन्तुष्ट भएरै माटो घरपनि, महल भयो रे
घर, घाट, घट्ट, के-के बनाउछु भन्थ्यो?
प्रेममा परेकै क्षण उस्को मन, स्थल भयो रे।।
उसको मेरो प्रेमबारे घरमा, छलफल भयो रे
खुशी राख्न सबैलाई आज्काल, सफल भयो रे
जोड, घटाउ, गुना, के-के गर्छु भन्थ्यो?
प्रेममा परेकै क्षण जीवन, उज्ज्वल भयो रे।।
Read More Nepali Poem From Anup:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

