खुला आकाश, पूर्णचन्द्र उजेलो, अन्तिम एकादशीको रात,
फराकिलो, सजिलो सडक, ढुक्चुक ढुक्चुक घोडाको ताल
मोहक गन्तव्य कपटको, कल्पिसकेँ, अब फर्किन्न कसैगरी,
दास म निधोको, मालिक तकदिरको, अब फर्किन्न कसैगरी
देवताजत्तिकै समान हको दानव, यस धरतीमा सब बराबर,
सही गलत मान्छेको दर्शन, निर्दोष्य छैन कोही, सब बराबर
जित्नेकै भाष्य हो इतिहास, घिच्च्याहट हरुवापिँढीको सार,
झुट थियो युधिष्ठिरले निलेको पाप पुण्य पनि, गौरव बेकार
जन्मै पहिलो जीत विनाकर्म स्वयंको, मृत्यु शाश्वत अन्तिम,
खाऊँ लाऊँ मैँ, सयलबयल गरिरहूँ मैँ, मृत्यु शाश्वत अन्तिम
Read More Nepali Poem by Sajira Shrestha:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your secret writings at connect.offlinethinker@gmail.com
Facebook Comments

