बेहिसाब प्रेम गर्छु
तिमिलाइ
महशुस हुदैन त
मेरो के दोष?
तिम्रो
कमजोरी पनि मै
फेरि तागत,आड,
भरोसा मै
रोग पनि मै,
ओखती पनि मै,
तिमिलाइ निको हुदैन त
मेरो के दोष?
गीतमा संगीत
चियामा मिठास
अनि
रक्सीको चुस्किमा
नशा बनी आउछु
अब
तिमिलाइ मात लाग्दैन त
मेरो के दोष?
-Punam thapa gaire
प्रेम थियो या आकर्षण
माया थियो या लगाव
या त थियो
जवानीको उन्माद
कहि कतै पोखिन चाहेको
जे थियो तिमीसंग
बेहिसाब थियो
र
आज तिमी जस्तो छौ
उस्तै प्रिय लाग्छ।
– Puram Gairhe
माया थियो या लगाव
या त थियो
जवानीको उन्माद
कहि कतै पोखिन चाहेको
जे थियो तिमीसंग
बेहिसाब थियो
र
आज तिमी जस्तो छौ
उस्तै प्रिय लाग्छ।
– Puram Gairhe
Facebook Comments

