Nepali Poem | अर्कैको घर | Babita Bhattarai

nepali poem- babita bhattarai

अर्कैको घर

त्यो कुनै एक पल थियो
हरेक समस्याको हल थियो
न गाल थियो, न आलटाल थियो
त्यो केवल मेरो बाल्यकाल थियो
म अट्टहास हाँसो हाँस्थे
निस्वार्थ, निश्चल नाता गाँस्थेँ
कहिले रमाउँथे, कहिले कराउँथे
उत्सव थियो जीवन बेस्सरी मनाउँथेँ
न कहीँ ठोक्किने डर थियो
न कसैको सर्त पूर गर्ने कर थियो
संसार जित्ने एउटै रहर थियो
जहाँ मेरो सपनाको पनि कदर थियो
उमेर बढ्दै गयो, समय बित्दै गयो
जिम्मेवारीले थिच्दै गयो
न सपना रह्यो, न रहर रह्यो
जीवन त अर्कैको घर भयो ।

बबिता भट्टराई

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *