Nepali Poem | सोझो नेता उम्मेदवार | BIKESH GAMAL

Bikesh Gamal

कविता लेख्छु म तर छन्द भर्न आउदैन
राजनीति गर्छु म तर नेपाल बन्द गर्न आउदैन
भन्छन छन्द बिहिन कविता र बन्द बिहिन नेपालमा पूर्णता हुदैन
न म बन्द गर्छु न म छन्द भर्छु त्येसैले मतदाताले मेरो चुनाब चिन्है छुदैन

तपाई हाम्रो सानोतिनो विवादमा बन्द गर्ने चलन
त्यहि चलनले सारा जनतालाई भयको छ जलन
यस्तो सोच्छु म तर मलाई भोट गर्ने मान्छे नै हुदैन
न म पैसा दिन्छु न म भोट किन्छु त्यसैले मतदाताले मेरो चुनाब चिन्है छुदैन

सबको विचार उही हो देश बिकाश गर्न गुणस्तर शिक्षा चाहिन्छ
नाम निकाल्न सके डाक्टर, इन्जिनियर निशुल्क पढ्न पाइन्छ
तर अस्वस्थ प्रतिस्पर्धामा धेरैले नाम निकाल्न सकेको हुदैन
त्यसैले निजि सस्था सस्तो गरौ भन्दा सस्थापकले मेरो चुनाब चिन्है छुदैन

उम्मेदवार हु तर चेपारो घसेर भोट माग्न आउदैन
पद पाउन कै लागि कुर्सि खोसेर अघि अघि भाग्न आउदैन
समाज सेवामा पनि लगियो तर मेरो कुरा कसैले टेर्दैन
राजनीति मै लागम भन्दा मेरो चुनाब चिन्ह कसैले हेर्दैन

गित लेख्छु म तर संगीत भर्न आउदैन
राजनीति गर्छु म तर भाषण गर्न आउदैन
भाषण सुनेर दिक्क छन् सब काममा कसैको ध्यान हुदैन
हाम्रो भन्दा राम्रो जिताऊ भन्छु मेरो चुनाब चिन्ह कसैले हेर्दैन

 

Read more Nepali Poem:

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

 

Facebook Comments

contributor

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *