भन्छु, सोच्छु..
अब कोट पर्व मच्चाउनु छ, भत्किएका यी दरबारमा ..
छानी छानी सम्झना रेटाऊनु छ,खिइएका यी तरबारमा …
उसको यादलाई कैदी बनाई, जाक्दिन्छु अब खोरमा..
आफ्नै शासनसत्ता खडा गर्छु, अब मेरो मनमा ..
तब..
उसका यादका समर्थकहरु विस्तारै सल्बलाऊन थाल्छन् ..
मेरो मनको कदम विरुद्द आन्दोलन गर्ने घोषणा गर्छन् …
एक र्याली शिराबाट अर्को धमनी हुँदै एकजुट हुन थाल्छन्..
मुटुको माइतिघरमा पुगी एकै स्वरमा जोडतोडले नारा लाउन पुग्छन् ..
“उसलाई मनबाट हटाउन पाईदैन,
ऊ बिनाको मन हामीलाई चाहिँदैन ,
उसको याद यो मनमा अमर छ,
उसलाई मन नपराउने यो मुटुमा त्यस्तो कुन शहर छ ???”
एक्कासी मुटुमा लाठी चार्ज हुन्छ, रगत बग्ने बाटा बन्द हुन्छ,
धड्कन बढ्दै जान्छ, मनका संरचना तहसनहस हुन पुग्छ ,
मेरो र मनको केहि सिप नलागेपछि,
ऊसका यादहरु सामु निरिह बनी, आफै आफ्नो कदमबाट पछाडी हट्छु ..
ऊसका यादहरुको माग अनुरुप,
मेरो मनमा ऊसको यादहरुलाई निष्फिक्री घुम्न पाउने गरी प्रजातन्त्रको पुनर्बहाली गरिदिन्छु ..
Read More Nepali Poem From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com