मेरो वास्तविक जीवनको सिकाइ | Story | Sita Ram Dhakal

यो हरेक युवाको लागि सन्देश हो । कृपया अनर्थ प्रेममा पर्नु भन्दा पहिले सचेत हुनुहोला। हाम्रो अन्तिम प्रेम आमा बुबाको प्रेम हो। सधैं आफ्ना माता-पिताप्रति अथाह प्रेम गर्नुहोला। यो कसैको जीवनको वास्तविक कथा हो।

हुन त सबै मानिसलाई आफ्नो आमा वा बा सबैभन्दा पहिलो देवाताको मुर्ति झै लाग्न सक्छ। मेरो पनि आमा बा नै जीवनको पहिलो र अन्तिम मुर्ती हुन्, भगवान हुन् र प्रेरणका स्रोत हुन्। तर पनि जीवन घुमाउरो र मोडले भरिएको सडक जस्तै हुन्छ।

भनुम् जब मैले आफ्नो जीवन र जगतलाई नजिकबाट नियाल्न सक्ने भए तबदेखि मैले आफूलाई जिन्दगीको हर पखेरीमा, हर लहरामा यो मन अनि मस्तिष्कदेखि उनलाई नै जीवनरुपी मूर्ती देख्न थालेँ । जिन्दगी यति छिटो बितिसकेछ । उनी र मेरो सह्यात्राको एघारौँ वर्ष  पुगेछ तर पनि फिक्री छैन्। उनी म र म जस्ता करोडौँ युवाको लागि मूर्ती बन्न सफल भइसकेकी छिन्।

आज म उनलाई नियाल्दै छु। आज मेरो लागि हरेक उनीसँगका ती क्षणहरु नै जीवनका मार्गदर्शन बनिरहेका छन् ।

मानव सिद्ध छैन्। हामी सबैसँग अभावका केही गुणहरु छन् जुन हामीले खोजे पनि पूर्णरुपमा पुर्ती गर्न पाऊदैनौँ। त्यो एक चरित्रको दोष वा एक शारीरिक अक्षमता हुन सक्छ या सामजिक बन्धन मानौँ । केहि कुरा यस्तो नि हुन्छ जसलाई हामीले गर्व साथ स्वीकार्ने गर्छौँ। केही व्यक्ति हुन्छन् जसलाई हामीले कहिले भुल्न सक्दैनौँ।

हो, मलाई पनि एउटा कुरामा गर्व लाग्छ। उनी मेरो आफ्नी भएकोमा ।

उनी मेरो जीवनमा आत्मविश्वास भर्न सक्ने, आत्मबल हर क्षण दिलाउन सक्ने, जीवनलाई कठिन मोडमा जिउन सिकाउने, जीवनका काला रात्रीहरुमा पनि हिड्न सिकाउने व्यक्ति हुन्।

जिन्दगीका कयौँ भावनाहरु बीचमा अलपत्र पर्दा पनि आनन्दले जिन्दगी जिउन सिकाउने, हर पल हर समय अन्तरात्मामा रहँदा पनि फुत्त निस्केर हिड्न सक्ने बनाउने, जीवनमा काँडै काँडा हुँदा पनि वसन्त वहार लिएर आउन सिकाउने  कत्ति शक्तिशाली थिइन् उनी । दुःखपीडामा हर पल हाँसी रहन सिकाउने उनी, जीवनमा खुसी भनेको भित्री सन्तुष्टि नै हो भन्ने कुराको बोध गराउने उनी, जीवनरुपी हर रंगहरुमा डुल्न सिकाएकी उनी, फक्री रहेको फूलको मुन्टो चुडाउदा पनि फक्रेकै जस्तो हुन सिकउने उनी, जीवन जगतलाई चटक्कै छोडी आध्यात्मिक हुन सिकाएकी उनी  मेरो सबैभन्दा प्यारी हुन् ।

उनी मेरी आदर्श  हुन् । उनले सिकाएका कुरा मैले मेरा नयाँ पुस्तामा बाड्न खोजरहेको छु। सबैलाई खुसी हुन सिकाइरहेको छु, रम्न सिक्दै अरुलाई रम्न सिकाउदै छु। उनीबाट प्रेणीत म सम्पूर्ण युवालाई साँचो मायाको अर्थ सिकाउँदै छु। माया होस् त उनले गरे जस्तो होस्- निस्फिक्री, निस्वार्थ र निर्दोष।

जीवन र जगतलाई मायाको अर्थ बुझाउन खोज्दैछु म आज। माया गर त सबैले उनीले जस्तै। आफू भित्रभित्रै जल्दा पनि न्यानो राप र मीठो माया पस्कन सक्ने उनी अरु कोहि नभएर मेरी आमा हुन्। आमाकै मायाको कुरा गरिरहेको थिए म । उदार मायाको ।

साच्चै उनी जस्तो प्यारो मान्छे कोहि हुनै सक्दैन।

जब म जीवनका अनेकौँ जालमा फसेको थिएँ, आमा तिमी मेरो ओखती बनिदियौ। यस्तो समय थियो जब म धेरे चिन्तित हुन्थेँ, टोलाईरहन्थेँ, रातभर कराउँदै चिच्चाउथेँ । तर उनी मेरो टाउकोमा मायाले सुम्सुमाएर सबै ठीक हुन्छ भन्दै मुस्कुराउनु हुन्थ्यो। म  उनको माया कुनै शब्दमा अभिव्यक्त गर्न सक्दिन् । सक्छु त केबल जीवनमा ती आदर्श र मायालाई अंगालेर सम्हाल्न सक्छु । माया अरुमा बाड्न सक्छु र आमाले जस्तै माया गर्न सुझाउन सक्छु।

हो ! आज म जहाँ छुँ, उनकै कारणले छुँ । उनी मेरो जीवनको सुरुवातदेखिको सहयात्री हुन्। यो जुनीमा उनको दुःखमा साथ दिन नसके पनि अर्को जुनीमा उनको साहारा बनी आउने छु । उनलाई जीवनमा अन्कुरा झै फुलाइ रख्नेछु र आदर्श देउताको रुपमा पुज्नेछु। लोभी सन्सारिक मायाको जालमा नफसी जीवनलाई खुसीको आभस दिलाउने छु । यो मेरो आजसम्मकै ठूलो र प्यारो वाचा रह्यो।

उही

तिम्रो छोरा

-Sita Ram Dhakal

Image by Wokandapix

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments
म हालै बाणिज्य बैंकमा कार्यरत छु ।।

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *