स्वस्थ्य जीवन नै सुखी जीवन हो । हामीले स्वस्थ्य जीवन जिउनको लागि यी १९ तरिका अपनाउन सक्छौँ ।
हामीले गर्नपर्ने-
१. बिहान ६ बजे वा सो अगाडि उठ्ने,
२. मन तातो पानी कम्तिमा १ लिटर पिउने,
३. व्यायाम र ध्यान दैनिक १ घन्टा गर्ने,
४. बिहानको नास्तासित आयुर्वेदिक वा मसला चिया पिउने,
५. आधिकारिक स्रोतको समाचार पढ्ने र सेयर गर्ने बानी गर्ने, हेडलाईन मात्र नपढ्ने,
६. आफ्नो काम आफै गर्ने बानी बसाल्ने,
७. सकारात्मक सोचाइ राख्ने, सबै कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ भनेर बुज्ने र जिद्दी बानी नगर्ने,
८. सानो कुरामा पनि रमाउन सिक्ने,
९. केही गर्न खोज्ने मान्छेलाई सकारात्मक प्रेरणा दिने, साना गल्तीहरुलाई ठूलो मुद्दा नबनाई एक अर्कालाई सम्मान गर्ने बानी बसाल्ने,
१०. राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने,
११. एक दिन सबैलाई मर्नु पर्छ तसर्थ समाजको लागि के गर्न सक्छु भनेर मनन गर्ने र गरेर देखाउने,
१२. कुनै पनि काम भोलीको लागि भनेर नराख्ने,
१३. सकेसम्म झुटो नबोल्ने,
१४. वृक्ष रोपन गर्ने, प्रकृतिलाई माया गर्ने , जथाभावी फोहोर नफाल्ने,
१५. अधिक अनावश्यक प्रतिक्रिया नदिने,
१६. अरुको राम्रो विचारलाई सम्मान गर्ने र प्रसंशा गर्ने बानी बसाल्ने,
१७. ६-६ महिनामा स्वास्थ्य परीक्षण गर्ने र अरुलाई पनि गर्न लगाउने,
१८. आत्तिएर औषधि नखाने, घरको र स्वस्थ्यजन्य खानेकुरााई बढी जोड दिने,
१९. राति धेरै अबेरसम्म नबस्ने र समयमै सुत्ने ।
म पनि यी उल्लेखित कुराहरु पालना गर्दै आएको छु र सबैलाई विस्तारै आफ्नो बानी सुधार गर्न प्रण गर्नहुन अनुरोध गर्छु ।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

