बलात्कारको खबर | -अस्मिता कटुवाल [Offline Thinker]

secret thinker

बलात्कारको खबर

आजभोलि हरेक दिन पत्रपत्रिकामा छापिएका हुन्छन् बलात्कारको खबर !

हर साझ हेर्ने टेलिभिजनका ब्रेकिङ्ग न्यूजका ठूलाठूला अक्षरमा देखाइन्छ बलात्कारको खबर !
 
एकाबिहानै मेरा कानमा गुन्जिने यस्ता खबरले  मलाई सोच्न  बाध्य बनाउछ आखिर कहिलेसम्म, आखिर कहिलेसम्म,डरको जिन्दगी बाच्नु पर्ने हामी नारिले ?
हुन त जन्मनुभन्दा पहिलानै म डरमा थिएँ कतै गर्भ परिक्षण गरेर छोरी भन्ने  थाहा पाएसी गर्भपतन गराएर फालिदिने पो हुन् कि !! त्यहाँबाट सुरु भएको मेरो डर
आजसम्म उस्तै छ । परम्पराको डर, स्वतन्तत्राको डर अनि सामाजिक बन्धनको डर ! म पाइला पाइलामा डरको जिन्दगी बाचिरहे छु।
 
जब बलात्कारको घटनाको खबर  बाहिर आउँछ अनि बलात्कारीलाई न्यायिक कटघरामा उभ्याउन जुरमुराउछ्न् जनआवाज र जनदवाब।
अनि सरकार, अनि सरकार त्यो आवाजलाई केहि समयको लागि मन्थर पार्न छानबिनको नाममा छानबिन आयोग गठन गर्छ !
तर, वर्षाैै बितिसक्दा पनि बलात्कारी को हो ,दोषी को हो ,न्याय कस्ले दिलाउने ? छानबिन आयोग, प्रशासन या सरकार ? आखिर न्याय कस्ले र कहिले दिलाउने पीडितलाई ?
 
पीडितले न्याय पाउने आश गर्दा गर्दै उम्कन्छ्न् र उम्कन सफल हुन्छन् पुजीवादी बलात्कारी र खुलेआम हिड्छन्  मानवरुपी ब्वासाहरु  !
र बिस्तारै मत्थर हुन्छन् जनआवज र जनदवाब ।
 

You May Also Like:

“अपुरो माया ” | कविता | Asmi Katuwal [Offline Thinker]

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *