पलाउँदो प्रेम
आँखाभरी सपना मनभरी रहर अनि काँधभरी बाध्यताको भारी सकिनसकी सन्तुलन गरेर घरबाट मलाई उच्च शिक्षाका लागि सहर पठाउने भन्ने कुरामा अब हजुरबुबा पनि सहमत हुनु भयो। गाउँको सरकारी विद्यालयमा जेहेन्दार र मेहेनती विद्यार्थीको छवि बनाउन सफल म प्रथम द्वितीय हुन नसके पनि सबै विषयमा राम्रो अंक सहित उत्तीर्ण हुन्थेँ। मौसममा भारत गएर ज्यालागरी बाले केही आम्दानी गर्नु हुन्थ्यो, हजुरबुबा हजुरआमा घरमा एक्लै, तैपनि साथीहरुसँगै काठमाण्डु गएर पढ्ने मनको रहर पूरा हुने भयो, मन खुसी छ!
ओइ म काठमाण्डु पढ्न जाने भए है भनेर सपनालाई सुनाए । उ मेरो मिल्ने साथी, हाम्रो घरबाट उसकोमा पुग्न अरुलाई २० मिनेट लाग्छ मलाई १५ मात्र! पसिनामा भिजेको मेरो काँधमा धाप मार्दै ‘ल बधाई छ तँलाई’ भनी, म मुसुक्क हाँसेँ। केहि बेरको कुराकानी पछि म अब केही महिना पछि भेट्ने कुरा गरी घरतिर लागे।
सपना हाम्रो कक्षाको प्रथम विद्यार्थी तर घरको आर्थिक अवस्थाले गर्दा परिवारले पढाउन नसक्ने भन्ने बाध्यताको अड्डिलाई तोड्न उसँग कुनै हतियार थिएन। मैले बल्ल याद गरे मेरो शहर जाने खुशीले उसको रहरमा चोट पुग्यो कि भनेर! मेरो खुशीमा खुशी देखिए पनि मनको सपना मनमै हुर्काएकि थिइ होली सायद! सँगै पढ्न जाम भन्ने आँट मलाई पनि आएन।
मलाई सपनाको साह्रै माया लाग्छ। गोरो अनुहार हल्का चाँयापोतोले बिगारेको, कर्ली लामो कपाल, म जति नै अग्लि, तेज बुद्धि, मेहेनती व्यवहार, मिलनसार र सहयोगी स्वभाव, विश्वस्त व्यक्तित्व, अनि खर्बौंमा बिक्ने त्यो मुस्कान। उसलाई हेरेर म महिनौँ बिताउन सक्छु होला जस्तो हुन्छ।
सपनालाई हेरेर सपना बुन्न थालेको धेरै भइसक्यो। मेरो हरेक सुख दु:ख पोख्ने भाँडो उ नै हो। म तँलाई मन पराउँछु भनेर भन्न जान्दै जानिन। उसले बुझेकी पनि थिइ होली अथवा उसले पनि मलाई मैले जसरी माया गरेर म जस्तै भन्न नजानेकी होकी थाहै भएन। साथीको साथ गुमाइन्छ कि भन्ने डरले मैले कहिल्यै त मेरो साथी भन्दा माथि छस् सपना भन्न सकिन!
एस.एल.सी दिन जाँदा छेउमा केटी परेछी त्योसँगै बिहे गरेस् भनेर जिस्काएकी थिइ। मैले किन तँ छेउमा केटो पर्यो भने त्योसँगै भाग्ने होस् भनेर टारे ! १० पढुन्जेलसम्म प्रायः साथीहरूले बिहे(मागी भन्दा पनि प्रेम बिवाह हुने गर्थ्यो) गरि सकेका हुन्थे। घरमा आमा नभएकाले सपनाले भाइहरु हुर्काउनु पर्ने भएर बिहे नगरेकी, मलाई भने सपनाकै सपनामा बस्ने आदत लागेर!
मामाघरको दाइ नाता पर्ने सोह्रखुट्टे तिर बस्दा रैछन्। म पनि उनीसँगै बस्ने निधो घरमा भएको थियो। सरस्वती उच्च मावि मा कक्षा ११ र १२ कमर्स (म्यानेजमेन्ट) पढ्ने कुरो भयो।
मोबाइल हात हातमै बोक्ने चलन सहर तिर आए पनि गाउँमा थिएन। काका नाता पर्नेकोबाट महिनामा एक दुई पटक हजुरबुबा कुरा गर्नुहुन्थ्यो। पैसाको कुरा धेरै नगर भनि केहि मिनेटमा नै कल काटी हाल्नु हुन्थ्यो। यसरी म काठमाण्डौं आएदेखि सपनासँग कुरा हुने सम्भावना नै भएन तर सपनाको बारेमा सोधपुछ गर्ने नि कोहि भएन।
सपना जहिले सपनामा आउनेक्रम जारी रह्यो। दुई तिन भकारी भइ सके सपनालाई सुनाउनु पर्ने कुरा। मेरा लागि काठमाण्डौंमा सबैभन्दा झेल्न गाह्रो भनेको हजुरआमाको अनुहार र सपनाका यादहरु भए।
क्याम्पस पढ्न थालेको केही महिनामा ११/१२ पछि के गर्ने भन्ने कार्यक्रम रहेछ बुद्धिरामको कलेजमा। शनिबारको दिन जो सुकै आएपनि हुने रहेछ बुद्धिको आग्रहमा म पनि जाने भए!
३ जना आएका थिए एउटा ईन्स्टिच्युटबाट। बाहिर नाम, ठेगाना, र सम्भावना भएसम्म मोबाइल नम्बर अनि इमेल ठेगाना लेखेर जानुपर्थ्यो। इन्ट्री गराउन एउटा १७/१८ कि महिला थिइन्। इमेल भनेको केहो नै था’थेन अनि मोबाइल नम्बर नि थेन। जे पर्ला पर्ला भनेर नाम लेखे सन्तराम साप्कोटा; ठेगाना: उर्लापुर, दैलेख। इमेल र फोन नम्बर चाहिँ मेरो अगाडि बुद्विरामले जे लेखेको छ त्यही सारिदिए।
इन्ट्रीको रजिस्टर दिदा मेरो अनुहारमा अचम्म पर्दै धेरै पटक ती महिलाले हेरिन्। कति चोटि बोल्ने कोसिस गरे जस्तो पनि लाग्यो तर वाक्य केही आएन। मैले लेखेका अक्षरमा हेर्दै भावुक पनि भइन् जस्तो लाग्यो। म अचम्ममा परे! भित्र छिर्नै लाग्दा त्यो केटीले तँलाई मन पराए जस्तो छ भनेर बुद्विले जिस्कायो, म लजाएँ। मनैबाट सपनालाई सम्झेँ !
ओठमा साह्रै सुहाउने गरि रातो लिपस्टिक, छपक्क गाँजल आँखामा, गालामा हल्का लाली, फिक्का हरियो कमिज अनि रातो मिनी स्कर्ट, घाँटीमा परिचयपत्र, चटक्क सुहाउने गरि कपाल काटेर छोटो बनाएकी; हेर्दा नै फिलिमकी हिरोनी जस्तै थिइन् उनी। गाउँमा हुर्केर सहरमा जबर्जस्ती अट्न खोजेको म प्रति उनी आकर्षित भएको देख्दा अचम्म लाग्यो।
खयर म सबै भुलेर ११/१२ पछिको भविष्य के होला भन्ने मै केन्द्रित भै के के भन्छन् भन्नेमा ध्यानाकर्षण गराएँ। परिचयबाट सुरु भयो: नमस्कार हामी “हाम्रो ईन्स्टिच्युट्” बाट आएका हौँ। मेरो नाम बिकल, उहाँ कपिल अनि उहाँ चाहिँ सपना। म झसङ्ग भए, सपना! अब भने मैले कार्यक्रममा ध्यानै दिन छोडे, मलाई सपनाको तस्बिर आँखा अगाडि आएर धेरै पोल्यो।
You may also like:
जन्म, जीवन र मृत्यु | कथा | Hari Bhakta Dhital -[Offline Thinker]

