नगरकोटीको कफिघाट-संस्करण वा फगत फिक्सन | Bijay Kalikote

Kumar Nagarkoti Bijay Kalikote

नगरकोटीको कफीघाट

घाँटीसम्म आउने गरी सिलाइएको कालो कात्रो शरीरमा लपेटेर घाटवैध कफिघाटमा पसेका छन्। यो उनको बसिबियालो गर्ने अड्डा हो। टेवल नंं. आठको प्रवेशद्वारमा उनले लेख्न लगाएका थिए- ‘मोक्षलय’।

उनले यहि कफिघाटको मोक्षलयमा बसेर अनेकन अजिबौं कृतिका पात्रहरुलाई मोक्ष्य प्रदान गरेका छन्। उनका आँखाले कफिघाटमा कफीसँगै सिद्धीएर पिद्धिएका सिग्रेटका धुवाहरुलाई अपहरण गर्दै आएका छन्। उनलाई उनका इन्द्रियहरुले धुवाकोटी समेत भन्दहुन् सायद।

आज ओभरकोटी आफ्नो पहिचानको ब्रान्ड फुकालेर आएका छन्। आफ्नो कालो ओभरकोट। कफिघाटका जिउँदा लासहरुले अनुमान गरेका होलान्, यी ओभरकोटी आज देवकोटी पथमा देखिए सायद। तर यी त भिखारीसँग पैसाको बोटको ठेगाना माग्ने मनुवा, कसरी देवकोटाले झै भिखारीलाई कोट दान गर्लान? पक्कै पनि आज यिनको ओभरकोटले कुनै बेवारीसे लासको मुख छोपेर बसेको हुनुपर्छ।

कफिघाटमा यी फिरन्ते फोगटमा फिर्दै आएका देखिन्छन्। तर यी त एक मिसनमा खटिएका मिसनधारी सिकारी पो त। यस कफिघाटमा एक भित्ता नामक मसानसँग ट्याप्प ढाड जोडाएर अल्झेको एउटा फोटोजेनिक पेन्टिङ छ। नगरकोटीका नग्न आँखा क्यान्भासमा अपहरण गरिएको सोही पेन्टिङको सिकार गर्न आएका हुन्छन्।

तर फगतमा सोही पेन्टिङले यिनलाई बन्दक बनाइदिन्छ। सायद यी सिकारीलाई मसान अर्थात भित्ताले लोकार्पण गरेको पेन्टिङले मोहनी मन्त्र फुकेको हुनुपर्छ।

पेन्टिङमा चितामाथि पुत्पुताएर एक हुल जल्दै गरेको लासको धुवा मडारिरहेको देखिन्छ। त्यो धुवालाई यी सिकारी सजिव स्वर्गतर्फ लम्किदो बाफ ठान्दछन्। अब यिनलाई पेन्टिङसिकारी भन्ने या बाफसिकारी? मलाई भने फसाद परेको छ।

नगरकोटी सधैंझै आज पनि मोक्षलय अर्थात टेवल नं. आठमा बसी मसान अर्थात भित्तामा अल्झिएको वाफ अर्थात धुवाको तस्बिरमा आफ्ना गिद्धे आँखा ताकेर बसेका छन्। टेवलमा अघिनै यमराज यानिकी कफिघाटको वेटरले एक कप घुन नभएको कफी तक्राएर गइसकेको छ।

हो, घुन नभएको कफी। यी फिक्सनिस्ट भन्छन् ‘धुन नभएको मदहोस् मेरो जीवनमा घुन नभएको कफी साह्रै गुलियो लाग्छ मलाई।’ यिनले धुन शब्दसँग मिलाउन घुन भनेका हुन या खै के? म अझै पनि आठौं अजुबा हिरे सरी भएको छु। एकदम चकित।

खैर, यो यिनको बानी भनौ या विशेषता, मेल नै नभएका चिजहरुबीच अटुट सम्बन्ध गासिदिन्छन्। जेसुकै होस्, घुन नभएको तातो कफिलाई आफ्नो खस्रा पिपलपाते ओठले जुठो बनाइ यी यमराजलाई बोलाउँछन्। यमराजलाई कफीकोबापत केही भेटी चाढाउछन् र कफिघाट मोक्ष्य प्राप्त गरेर निस्किन्छन्।

आहिले कफिघाट शुन्य देखिन्छ। चिता जलाउने दाउरा लिन दाउरे, खर्पन बोकी घाटमाण्डुतर्फ लागेका छन्।

 

Photo Taken From Kumar Nagarkoti’s Social Media

 

Read More Writing From Offline Thinker:

बिपिका उत्कृष्ट आख्यान ‘सुम्निमा’ | Suman Bhattarai

राजनीतिक र सामाजिक घटनाहरु नियाल्न ‘असहमति’ | Suman Bhattarai | Book Review #1

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *