हरेक दिन हिड्दछु उही बाटो
झेला बोकेर,
खाली झोलामा सपनाका भारी साँचेर।
सबै बुझेर नि अन्जान बनी
सबै हुन्छ भन्दै दिन गनी,
आत्मबल बढाइ ,
हार मान्न खोजेका
ती काँधहरूलाई
यथार्थका पत्र-पत्र बुझई ।
हरेक दिन हिड्दै छु त्यही बाटो
झेला बोकेर,
खाली झोलामा सपनाको भारी साचेर ।
Read More From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

