हाम्रो आकाश त एक नै रहेछ
तर उडान भने बेग्लै
हाम्रो यात्रा त एउटै नै रहेछ
तर सहयात्री भने बेग्लै।।
तिमी उत्तरको गन्तव्य लिएर गएछौ
म भने दक्षिणको
सपना त एउटै नै रहेछ
तर जीवनको मोड भने बेग्लै
हामीले चाल्ने पाइला त उस्तै नै रहेछन्
तर पाइलाको अन्त्य भने बेग्लै
हाम्रा पौरखी हातहरु त उस्तै नै रहेछन्
तर भाग्यको वेग भने बेग्लै ।
घाम छायाको जीवन त हाम्रो एक नै रहेछ
तर तितोपन र मिठासपनको मात्रा भने बेग्लै
हाम्रो वरिपरिको वातावरण त एउटै नै रहेछ
तर हेर्ने दृष्टिकोण भने बेग्लै।।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

