“ऊनको स्विटर”- जसले चिसो बनायो आँखा, न्यानो बनायो मन | Movie Review | Aarjit Pandey

aarjit pandey unko sweater

“ऊनको स्विटर” [The Woolen Sweater] | Movie Review

“चिना रेखा केहि देखाउन्न, म भाग्य फेरउला।”

केही चीजहरू, कोही मानिसहरू तब विशेष हुन्छन् जब तिनको सम्झनाले तपाईंलाई छोड्दैन। सोचेको थिइनँ नेपाली फिल्मले पनि मलाई यसरी बाँध्नेछ भनेर।

 

मैले अस्ति “ऊनको स्विटर” [The Woolen Sweater] भन्ने फिल्म हेरेँ।

अझै पनि उही फिल्मको सम्झनामा म हाँस्छु, खुसी हुन्छु, दुखी हुन्छु, कल्पिन्छु— कथामा के भयो होला? अब के हुन्छ होला?

 

एउटा सुन्दर कथा र त्यसको मन छुने अन्त्य, अझ सुजन चापागाईंको आवाज! हरेक सुरले मुटुमा रेटेजस्तै लाग्छ, अनि आवाजले उही रेटाइलाई सिएझैं। हरेक गीतले सिरिंगै बनाउँछन्।

अझ प्रेम ध्वज प्रधानको “घुम्तीमा नआउ है” भन्ने गीतको सानो अंश सुजन चापागाईंले गाउनासाथ आँखै रसाउँछ।

अभिनय पनि सबैको नै विशेष छ।

विपिन कार्की (धरणीधर काफ्ले) को आफ्नै संसार छ,  उनको युवा हुँदाको  संसार, अधबैँसे संसारमा कथा बग्छ र संगै दर्शकहरू पनि। मिरुना मगरको पनि उत्तिकै विशेष छ— ठट्टा र हाँसो गरिरहेका पलहरू होस् वा संगै रुँदा र दुःख साट्दा, सबै क्षण जीवन्त लाग्छन्। थोरै लिम्बु लवज मिसिएको नेपाली सुन्दा पनि चलचित्र नौलो लागिरहन्छ।

अभिनयको पात्रहरू — जोसुकै दृश्यमा आउँछन्, त्यो पात्रको केही न केही महत्वपूर्ण भूमिका हुन्छ। कुनै पात्र यस्सै मिसिएको जस्तो लाग्दैन।

एउटा सिनमा जब काफ्लेलाई एक पात्रले घर बनाउन दिँदैनन्,  त्यो सिनको अभिनय निकै नै मन छुने छ। अनि अटो भर्दाको अभिनय,  त्यस सिनको मोनोलग (monologue)ले मुटुनै छुन्छ। काफ्लेका बुवाको भूमिका गरेका सुनिल पोखरेल थोरै समय मात्रै स्क्रिनमा छन्, तर त्यो थोरै समयमा उनले जुन अभिनय गरे- त्यो अविस्मरणीय छ, प्रशंसायोग्य छ।

पूर्वको पहाड पाँचथर, ताप्लेजुंगतिरको हिमालको ल्यान्डस्केप, कहिले फेदीमा, कहिले लेकमा, कहिले लिम्बु गाउँ त कहिले काफ्ले गाउँमा खिचिएको यो चलचित्रले सिनेमाटोग्राफीको हिसाबले पनि निकै सफलताको उदाहरण देखाएको छ।

 

अर्को एकदमै विशेष पक्ष मलाई यस चलचित्रको पहिरन लाग्यो।

मिरुना मगरको बुट्टाले कुँदिएका लुगाहरु। एउटा सानो भाइले लेकमा लगाएको डोको जस्तो सिलाइको लुगा पनि विशेष देखिन्छ। बिपिन कार्कीले पाउने ऊनको स्विटर त प्रख्यात नै रह्यो। हरेक पात्रको लुगा लगाइको चोइस र लुगाको फिल्ममा भएको प्रयोग देख्दा  निकै खुसी लाग्छ। सानो सानो कुरामा पनि कति ध्यान पुर्याइएको छ।

 

चलचित्रको सबैभन्दा महत्वपूर्ण पाटो हो — राइटिङ, संवाद र निर्देशन!
केहि सिनहरूमा क्यामेरा स्टेबल नराखी हल्लिएको सट प्रयोग गरिएको छ— जसले झन् रअ (raw) र न्याचुरल फिल दिन्छ।

संवादहरू मज्जाकिया छन् र उस्तै गहकिला पनि।
धेरै कुरा नबोली, नदेखाइकनै पनि बुझिन्छ।

ऊनको स्वीटर [The Woolen Sweater] Nepali Movie

 

हजारौं दर्शकको प्रतिनीधि गर्दै म “ऊनको स्विटर” को लेखन र निर्देशनका लागि निर्देशक/लेखक नविन चौहानलाई र आर्टमण्डुको सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु। तपाईंहरूले नेपाली चलचित्र जगतमा निकै उल्लेखनीय चलचित्र पस्कनुभएको छ।

“ऊनको स्विटर” को पार्ट २ पनि आउने अपेक्षा त छ नै- आशा छ यसबारे केही चाँडै सुन्न पाइनेछ।

अनि साथीहरू,

यदि ऊनको स्वीटर [The Woolen Sweater] चलचित्र हेर्नुभएको छैन भने— आजै टिकट किनिहाल्नुहोस्  र यस् वर्षको ग्रीष्म ऋितु  उनको स्वीटर संगै मनाउनुस् ।

@aaarjitpandeyy

One the best we got in Nepali Movie Industry. donot miss it, watch it today. the woolensweater . ( music mute bhako karanle garda feri haleko ho) @Artmandu @Sujan Chapagain @Nabin Chauhan #bipinkarki #mirunamagar #kathamandu #thewoolensweater #kafle #oonkosweater #makhamalicholi #oonkosweater❤️

♬ original sound – aarjitpandey

 

Read More at Offline Thinker:

…र मैले आत्महत्या गरिनँ | Subin Bhattarai | Motivational Video |

सेलिब्रेटी लेखक सुबिनको किताब इजोरिया रिभ्यू | Ijoriya Book Review | Subin Bhattarai

अफिस जाँदा जब आर्मीले बन्दुक तेर्सायो… | Deokhurni | Binita Choudhari

Nepali Poems | नेपाली कविता | 100+

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *