Nepali Poem | चिसो/जाडो | Sugam Dulal

nepali poem Sugam dulal offline thinker

Nepali Poem | चिसो/जाडो |Sugam Dulal

थोरै दिन जानेका
धेरै लिन जानेका
तपाईँका हत्केलालाई
पन्जाभित्र लुकाउनुस् ।

अरूको नराम्रो सुन्न तम्सिने
राम्रो सुन्दा तर्सिने
तपाईँका कानलाई
टोपीभित्र लुकाउनुस् ।

सर्टकट बाटाहरूमा मात्र
अघि बढ्न खोज्ने
तपाईँका पैतालालाई
बाक्ला मोजाभित्र लुकाउनुस्

अग्ला वस्तुतिर फर्कने
होचा वस्तुबाट तर्कने
तपाईँको गर्दनलाई
न्यानो गलबन्दीभित्र लुकाउनुस्

त्यसै त चिसो रहने
तपाइँको छाती
कठ्याङ्ग्रिएर जम्नुअघि नै
ज्याकेट भित्र लुकाउनुस् ।

लुकाउनुस सिङ्गो शरीर नै बरु
कुनै मोट्टो शीरकभित्र
कि त बिहानीको कुहिरोमै
कतै लुकिरहनुस्

घाम कुरेर नबस्नुस्
उज्यालो पर्खिएर नबस्नुस्
देखिनै पर्ने वा देखाउनैपर्ने
के खास छ र तपाईंमा?

बुझ्नुभयो नि,
यो समय
तपाईँका लागि
लुक्ने समय हो।

 

Read more from Sugam Dulal

ह्याप्पी बर्थडे बुबा | Sugam Dulal | [Offline Thinker]

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *