चुलोमा आगो भरभराउँदा डराउँछु !!
यी मेरा नयन फरफराउँदा डराउँछु !!
कुन अशुभ समाचार ल्यायो होला…?
धुरीमै आएर काग कराउँदा डराउँछु !
अन्धविश्वासमा पनि विश्वास लाग्छ ,
बिरालोले बाटो बिराउँदा डराउँछु !!
अन्तिम प्रहरको सपना साँचो हुन्छ रे
कालो मान्छे सपनीमा आउँदा डराउँछु !!
Read More from Nepali Poem:
एक झलक जिन्दगी | Poem | Secret Thinker – Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

