हो उ मानव ?
यो विश्व जित्ने दाउमा
प्रकृतिलाई पाइला मारेर
लमक लमक पाइला चाल्दै छ
मानौँ
उसका ती पाइलाले प्रकृतिसंगै
आकृति र विपत्ती बोकेका छन् ।
तर पनि उ बेखबर छ
प्रकृतिसँगै स्वयम ऊ आफ्नो
काल कुरिरहेको छ
जो सहजताका लागि प्रकृतिको बलात्कार गरिरहेको छन् ।
कति स्वर्थी विचरा त्यो !
हाम्रो कमरेड जस्तै:
सधै लिन मात्र जान्ने तर केही नदिने
अन्यासै अन्त्यको सुरमा आएपछी
कालको भयले
केही दिन लुक्ने त्यो पापी
भागेर कहाँ पुग्छस् र ?
उसलाई चरम सम्भोग गरेर लुट्नु जति लुटिस्
अब
कहाँ बाचलास् र तँ
जगतको सारा ज्ञान अज्ञान भएको छ ।
विज्ञान कुग्यान भएको छ
त्यसैले म भन्छु फेरि एकपटक हार भएको छ ।
स्वार्थले पुरा गरेका ती सोखहरु अब गर्न पाइने छैन
अब फर्केर पनि केही आउने छैन
यदी आउछन् भने
मलाई त्यो जन र मन फर्काइदेउ
बरु चाँहिदैन त्यो ज्ञान
बरु चाँहिदैन त्यो विज्ञान
म हारेकै ठिक छु
मलाई जित्नु छैन यो प्रकृतिसँग
जो आफैमा जितिरहेकी छिन
अलि अलि बैँस चड्दैमा नुगिएकी उनी
अब फेरि नुग्याउने आँट गर्ने छैनन् ।
हो फेरि एकपटक हार भएकै हो
यदि
जितेको भए त मानवका ज्ञानले कालहरु रोक्नुपर्ने
त्यो प्रकृति भन्दा नि सुन्दर प्रेम जोडीलाई रोक्नुपर्ने
किन गए त उनीहरु
के उनीहरुको यहाँ जिउने हक छैन त
या तिम्रो पापको गोडा भरिएर
उनीहरुको जवानी पोखिएको हो त
या
कोरोनाले पनि प्रकृतिको रुपसँग खेलबाड गर्नेलाई नै लगेको हो ?
त्यसैले म भन्छु आउनुस्
सुन्नुस्
प्रकृति हाम्रो प्राण हो
ऊ छ त हामी छौ ।
-Rajeep Rana
Read More From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

