मेरा सपना र विपनाबीचको दशगजामा,
ठूलो बमबारी भएको छ,
यादका बम सम्झनाका क्षेप्यास्त्रबाट खसिरहेका छन्,
बारम्बार !!!!
बारुदको गन्ध हावामा ब्याप्त छ,
फेसबुकका भित्तामा मेमोरिज बनेर आउने तस्बीरको रूपमा,
अनि म,
विपनाको जमिनपट्टी बनाइएका गहिरा ट्रेन्चमा बसेर आफ्ना भोगाइहरु लेख्दैछु,
“आन फ्र्यान्क” जस्तै!!!
सपनाका ‘माइन फिल्ड’ बाट बच्दै,
आशाका ‘स्नाइपर’ बाट छेलिँदै,
हृदय र मस्तिष्कको ‘सिजफायर’ गराउने जिम्मा मैले यस कवितालाई दिएको छु!!!
नेपथ्यमा भैरहेको बमबारीकाबीच,
म छट्पटाइरहेको छु,
मेरा आँसु,
कलम हुँदै कागजसम्म आइपुग्दा, अक्षरमा ‘मेटामोर्फ’ हुँदैछन्!!!
ती अक्षर,
ती अक्षर, अक्षर होइनन्,
‘सिजफायर’ गराउन हिँडेका मध्यस्थकर्ता हुन्,
त्यसैले,
त्यसैले, यी आँसु मूल्यवान छन्,
यी आँसु आँखामा भन्दा बढी कागजमा सुहाउछन्!!
जब यो युद्ध रोकिनेछ,
जब भएभरका याद रिप्ले भैसक्नेछन्,
जब भएभरका सम्झ्ना मस्तिष्कबाट गयल भैसक्नेछन्,
तब,
तब म एउटा युद्ध स्मारक बनाउनेछु,
शहिद भएका आँसुका खातिर,
अनि शिलालेखमा लेख्नेछु,
कविताको अन्तिम हरफ,
“म तिमीलाई प्रेम गर्न त बन्द गरौँला, तर तिमीले मलाई प्रेम गरेका दिनहरुलाई प्रेम गरिरहनेछु!!”
-फिरन्ते फिक्सनर
Read More From Firantey Fictioner:
Read More Nepali Poem:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com