कहिले काहिँ जिउँदो लास बनी लावारिस भई लडे
जीवन जीउने अभिलाषा भित्र—भित्रै म धेरै रोए
वर्तमानका ठेसहरू सँग जुझ्दै, भविष्यको चाहानामा
आँशु उगाल्ने परेलीहरू कसेर सित्तैमा रमाउदै
हाँसोको चुस्कीहरू सँग अमिलो आँशुहरू पिउदै
मरिरहेछ एकान्तमा आज “म भित्रको मान्छे” ।।१।।
खोई, कहाँ छुटे ती मलिला हात र साथहरू सबै
खोई, कहाँ फुटे जीवनी खेतका आशाका नहरहरू सबै
बसन्तमा पनि फुल्न नसकी ओइलाएर
चैतको तातो उजाड मौसम झैँ खडेरी जल्ने
खोलाले बिर्सेको बगर झै भयो आज “म भित्रको मान्छे” ।।२।।
स्वार्थी जीवनको यात्रा भित्र प्रतिबिम्भ पनि कहाँ गई लुके
हजारौ साथका गाँठोहरू पनि थाँह नपाई फुस्केर गई सके
म….म र मेरो दुनिया खोज्दा—खोज्दै
लाखौं मानिसको भिडमा पनि एकान्त भित्र हराउदै
र्लबराई लडिदिएछ आज “म भित्रको मान्छे” ।।३।।
—एड्रिनो दिनु थापा
Read more from Sabina Karki:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

