समृद्धि, परिवर्तन या पहिचानको लागि
या अरू नै विघ्न स्वार्थको लागि
शत्रुताको प्यास मेटाउनको लागि
या स्वाभिमानको ताज खडा गर्नको लागि
विद्रोहको नाममा
आफ्नैले आफ्नैलाई लखेटी रहे
परिवर्तनको झन्डा फराउनलाई
आफ्नैले आफ्नैलाई कुल्ची रहे ।।
विध्वंसको च्यादर माथि
जलाउनेले जलाई रहे
च्यात्नेले च्याती रहे
अन्तत् मैले यी सब सहेरै बसे
किनकि म सबैको नेपाल आमा थिए ।।
पूर्व देखि पश्चिम सम्म
मेरा हरेक अङ्ग—अङ्गहरू पोली रहे
विद्रोहले निम्ताएको भुमरी भित्र म सेकी रहे
हृदयको कुना कुना जल्ने गरी म जली रहे
किनकि म सबैको नेपाल आमा थिए ।।
भ्रष्टाचारी सन्तानले निम्ताएको
अराजकताको अखण्ड युद्ध भित्र रेट्नेले रेटी रहे
छलकपटको आधि सँगै
मैले आज ढुङ्गा मुढा खुकुरीको धार सबै सही रहे
युगौँ—युग सम्म नभुल्ने गरी
युवा पुस्ता नारा सँगै मेरो छाती माथि नाची रहे
प्रतिकारको साटो बरु म अचेत बनी लडी रहे
किनकि म सबैको नेपाल आमा थिए ।।
शताब्दीले भुल्न नसक्ने एउटा लहर उठे
त्यो नरसंहारमा म आफै पिडित भए
त्यो रगतको छिटा—छिटा गन्दै म रोही रहे
सफलताको परा काष्ठ भित्र त्यो रगतको आहाल
म मौन झरी बनी पखाली रहे
किनकि म सबैको नेपाल आमा थिए ।।
धुवाको मुस्लो र रगतको बाछिटा
आमाको आँसु र क्रोधका झिल्का म हेरि रहे
समयको कठोर परीक्षा मैले आज सही रहे
त्यो भयानक इतिहासको नयाँ पन्ना
मैले आँखा चिम्लेर लेखि रहे
किनकि म सबैको नेपाल आमा थिए ।।
पुछ्न सकिन ती आमाहरूको आँसु
जो कोख रित्तिएर आँचल फैलाई रोही रहे
सेक्न सकिन ती घाउहरू
जो आज पिडा बोकेर बाँची रहे
अन्तरालमा मैले युद्धहरू धेरै झेले
अखण्ड परिवर्तनको यो विद्रोहमा भने
म आफै आज “भग्नावशेष” भई लडे
मेरो आँखै अघि मेरा सन्तानहरू
शत्रुताको प्यास मेटाउन लडिरहे
म एकताको शत्रु बाँधी बौलाएर चिच्याई रहे
सबैलाई शान्त पारी अङ्गालो भरी छोप्न चाहे
किनकि यी सबै मेरै सन्तान थिए
र…..
म सबैको नेपाल आमा थिए
किनकि म सबैको नेपाल आमा थिए ।।
Read More From Adriano Dinu Thapa:
Read more:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

