Nepali Poem | म भित्रको मान्छे | Adriano Dinu Thapa

Nepali Poem Adriano DinuThapa

कहिले काहीँ जिउँदो लास बनी लावारिस भई लडे

जीवन जीउने अभिलाषा भित्र—भित्रै म धेरै रोए

वर्तमानका ठेसहरू सँग जुझ्दै, भविष्यको चाहानामा

आँसु उगाल्ने परेलीहरू कसेर सित्तैमा रमाउँदै

हाँसोको चुस्कीहरू सँग अमिलो आँसुहरू पिउँदै

मरिरहेछ एकान्तमा आज “म भित्रको मान्छे” ।।१।।

खोइ, कहाँ छुटे ती मलिला हात र साथहरू सबै

खोइ, कहाँ फुटे जीवनी खेतका आशाका नहरहरू सबै

वसन्तमा पनि फुल्न नसकी ओइलाएर

चैतको तातो उजाड मौसम झैँ खडेरी जल्ने

खोलाले बिर्सेको बगर झैँ भयो आज “म भित्रको मान्छे” ।।२।।

स्वार्थी जीवनको यात्रा भित्र प्रतिबिम्ब पनि कहाँ गई लुके

हजारौँ साथका गाँठोहरू पनि थाह नपाई फुस्केर गई सके

म….म र मेरो दुनियाँ खोज्दा—खोज्दै

लाखौँ मानिसको भिडमा पनि एकान्त भित्र हराउँदै

लर्बराई लडिदिएछ आज “म भित्रको मान्छे” ।।३।।

 

Read More From Adriano Dinu Thapa:

Nepali Poem | “म भित्रको मान्छे” | Adriano DinuThapa

Read more:

 

Read More Travel Stories From Offline Thinker:

Read More Nepali Story at Offline Thinker:

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *