भो चाहिएन मलाई माया
कमाउने मान्छेलाई उसको प्रेमी वा प्रेमीकाले
कमाइ हेरेर माया गर्छे।
रुँदै स्कुल जाने बालखले
खुसी खोज्न थाल्दै छ यहाँ
तब तुलना र काविलियत हेर्दै
माया गर्छन् यहाँ
भो चाहिएन मलाई माया।
कहि न भएको माया पाउने आसमा
गधा जस्तै दलिएका छन् यहाँ।
कठै
माया पनि व्यापार हो कि क्या रे?
सानुमा अनेक थोक दंगाउँने
ठुलो भएर पैसा दंगाउँने
बोझ लाग्न थाले पछि
दुई चार रुपैयाँ दिएर थन्काउने
के को लागि भन्दा
शान्तिको लागि अरे…..
भो चाहिएन मलाई माया।
“बाह्र छोरा तेह्र नाति
बुढाको धोक्रो काँधै माथि”
भन्ने उदाहरण भई
तप तप आँसु चुवाउँदै
वृद्ध आश्रमको चार ढोका भित्र
कहि नभएको मायाको कल्पना गर्दै
बसी रहेका छन् बिचरा
भो अब चाहिएन मलाई माया।
— Aatri Sharma
India, Sikkim
Read More Book Review by Suman Bhattarai:
Read More From Subin Bhattarai:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

