नेपाल सरकार मन्त्री परिसद्को बैठकले लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा प्रकसित गरिसक्यो । यो निर्णय एकदम स्वागतयोग्य हो र यो निर्णय इतिहासको पानामा स्वर्ण अक्षरले लेखिने छ । इतिहासमा केहि कारणबस, २०४ वर्षदेखि नेपालको नक्सामा समवेश नभएको भूमिलाई नयाँ नक्सामा देख्न पाउनु नेपाली नगरिकहरुको लागि खुशीको खबर हो।
यस निर्णयको लागि सरकारलाई नेपाली नगरिकको राष्ट्रप्रेमी सलाम छ । अबको चुनौती भनेको त्यस जमिनलाई नेपालको नक्सामा मात्र सिमित नगराइ, त्यस भूभागमा पर्ने गाँउ र लिम्पियाधुरासम्म नै सरकारको दह्रो उपस्तिथि र पहुच पुर्याउनु हो ।
त्यस नेपाली भूमिलाई लिएर भारतसँगको विवाद कुटनैतिक तवरले तत्काल हल गरी नेपाल, भारत र चीनको सहमतिमा त्रिदेशिय बिन्दुटुंगो लगाउनु आवसयक छ । तब मात्रै यो नक्साले पूर्ण औपचारिकता र सार्थकता पाउनेछ । लिम्पियाधुरा त्रिदेशिय सिमा क्षेत्र भएको हिसावले यस भूभाग सुरक्षाको दृष्टिकोणले एकदमै समवेदनशील छ । हाम्रा दुई मित्र राष्ट्रको आ-आफ्नो देश्को सिमा रक्षाको कारण त्यहाँ ध्यान केन्द्रित हुनु स्वभाविक हो । त्यसैकारण त्यो त्रिदेशिय सिमामा नेपाली सेना र सस्त्र प्रहरीबलको एकदम बलियो उपस्तिथि रहनु अपरिहार्य देखिन्छ।
त्यो क्षेत्र एकदम भौगोलिक पक्षबाट विकट र मौसमको हिसाबले धेरैनै कठिन भएको हुनाले त्यहाँ हाम्रो देशको सेना र प्रहरी जवानहरुलाई उचित र शक्तिशाली क्याम्पको व्यवस्थापन गर्नु अत्यावश्यक हुन्छ ताकी बाह्रै महिना सिमाको सुरक्षामा केहि अवरोध नपुगोस् । साथै त्यहाँका जनताले पनि सुराक्षित महसुस गरुन ।
सरकारले त्यस क्षेत्रको विकट भूभागमा सडक र हवाइमार्गको आयोजन चाडो भन्दा चाडो ल्याउनु पर्ने पनि मैले देखेको छु ।
प्राकृतिक र सांस्कृतिक दृष्टिले पनि सुदुरपश्चिमको त्यो हाम्रो सानो टुक्रा अति महत्वपूर्ण छ जस्तो मलाई लाग्छ । उक्त क्षेत्र पनि नेपालको बाँकी क्षेत्र झै बन फडानी जस्तो प्राक्रितिक दोहन लगयतका समस्याबाट मुक्त देखिदैन । त्यसैले यस्ता कार्यहरु रोक्न नेपाली सेनाको ठूलो भुमिका रहेको म मान्छु ।
सँगै पर्यटनको पनि ठूलो सम्भावना बोकेको यस भूमीलाई पर्यटन व्यवस्थापन गर्न ठोस् नीति आवश्यक रहेको मलाई लाग्छ । मेरो विचारमा पर्यटन विकास बोर्डको अग्रतामा अध्ययन गराइ एउटा नयाँ पर्यटकिय गन्तव्यको रुप यो क्षेत्रको विकास गरिदिनुपर्छ ।
-Samundra Thapa