असारको बाढि जस्तो भयो जीवन
सङ्लिदै गर्दा धमिलिदै गयो जीवन
तर्छु भन्दै गर्दा धमिलो खहरे
तेही बाढिले बगाई झन धमिलो भयो जीवन
आसाको किरण झुल्किन छोडे आन्दकार भयो जीवन
आज भन्दै भोलि भन्दै आसमै बुढो हुँदै गयो जीवन
सानोमा आगो ताप्दै सुनेको गाउँखाने कथाहरु
आज तेही आगो तापेको मुडाझै कोईला भयो जीवन
पाहीला सार्न खोज्दा भबिस्य तर्फ आसफलताले चपल चुडाई दिएको जीवन
कति रात भोको पेट आँसु पीएर सुताई दीएको जीवन
मन भरी हजारौ चाहना हुँदा हुँदै पनि
चाहना मार्दै हरेक पाहीलामा ठेसलागेर लडेको जीवन
आखाभरी हजार सपना बोकि आँसुले सपनालाई बगाई दीएको जिबन
सानै देखि हेपिदै टुलुटुलु अन्याय हेर्दै आएको जीवन
मनको भाबनालाई लुकाई
म खुशी छु भन्दै संसारलाई झुठो हाशो देखाउदै आएको जीवन
दुखनै दुखले बार लागाई दीएको जीवन
चोट नै चोटको हार लागाई दीएको जीवन
शब्दमा कोर्न जस्तो कहाँ सजिलो हुदो रहेछ र
कल्पनामा सिखर चाडाई
बिपनामा धर्तिको धुलोमा लडाइँ दीएको जीवन
जति आगाडि पैला सार्दा पनि जहाको तेही रहेको जीवन
आगाडि जान भुली सके मैले अब हारको सिडि तिर जाँदै छ जीवन
सपना त ठुलो नै थीयो
तर सबै कुरा सपना मै सिमित रह्यो जीवन
ए ही हो मेरो जीवन
-Roshni Adhikari

