वीर पुर्खा जन्मे जहाँ यै हो मेरो नेपाल
बाघका ती डमरुको यै हो प्यारो नेपाल।
उनकै नासो रगतले लेखिएको देश
चन्द्रसूर्य झण्डा हाम्रो यै हो प्यारो वेश।
मन्दिर ,मस्जिद, गुम्बा लाखौं पुजारी हौं हामी
कर्म नै हो पूजा हाम्राे कर्मवीर नामी।
बुद्ध ,सीता ,भृकुटी र जनकको गाथा
सगरमाथा माथि हाम्रो बहुमूल्य छाता।
सपनामा देखे मैले मेरो सुन्दर देश
लदावदी फलेका छन् भरी सबका पेट।
चन्द्र मंगल यहीँबाट पुगेको नि देखें
ब्रह्माण्ड नै चहारेको यौटा सपना देखें।
मेरो प्यारो देशैभरि कोही गरिब छैन
डाँफे मयूर कर्म गर्छन् कोही विदेश छैनन्।
उद्योगधन्दा खुलेका छन् लाखौंलाख यहाँ
सुनैसुन फलेका छन् बारीभरि यहीँ।
जाने होइन काम खोज्न आउँछन् विदेशबाट
किन्ने होइन संसारभरि बेच्छौं यहीँबाट।
नानी पढ्छन् स्कुलमा पौरखी छन् युवा
भ्रष्टाचारी कोही छैनन् जाँगरी छन् युवा।
कुनाकानी कन्दरामा पुगेको छ बाटो
आफैं गर्छन् सबै काम विदेशीको साटो।
मुस्ताङको स्याउ पुग्छ मेची महाकाली
छक छक रेल गुड्छन् दीप यहीँ बाली।
आमा आई उठाउँदा खुले मेरा आँखा
भरिएका थिए त्यही अंध्यारोले पाखा।
सुती होइन अनि उठी बाँधे वाचा शेष
“स्वप्न भन्दा पनि राम्रो पार्छु मेरो देश।”
-Mahima Giri

