राष्ट्रियता | कविता | Tribhuwan Bhatta | काव्यकुञ्ज कविता प्रतियोगिता

उत्तरमा हिमशैल छन् हिमगिरी सेता भुवाका सरी
चम्कन्छन् चहुँओर यी झुमिझुमि सर्वत्र प्रकाश गरी ।
सागर शील छ विश्वदर्पण यहाँ सर्वोच्च शिखर बनी
जलधारा सबका मुहान यिनी हुन् गौरब छ, मैछु धनी ।।

दक्षिणमा समतल धरातल सरी मैदानी भू–भागमा
फल्छन् अन्न फलादी ढेर धनको लाग्ने सधैँ हातमा ।
चौतर्फि वन कन्दरा यी हरिया डाँडा र काँडा सब
नेपाली हुनुको गौरव भनी सम्झन्छु यी सब जब ।।

छत्तिस वर्ण र चार जात सबको फुलवारी मग–मग गरी
चम्किन्छन् वन कन्दरा र शैल गिरीका मानु ती मोति सरी ।
भाषा–भाषी अनेक छन् तर पनि आभाष हुने एकै
सम्झन्छन् सब जाति मानव यहाँ भेदभाव छैनन् कुनै ।।

गोर्खाली भनिने बहादुरहरू गर्जन्छन् संसार भरी
नेपालीपनको अहम छ तीनमा झुक्दैनन् केही गरी ।
नालापानीको युद्ध होस् अथवा होस् युद्ध अंग्रेजसित
नेपाली कहिले झुकेन रणमा बहादुरीकै जीत ।।

भोजपुरे खुकुरी सधैँ चमकिने टोपी छ भक्तैपुरे
बैतडी चिउडी गुडै छ फल्ने इलामी चिया बरे ।
गैँडा हात्ती ती गर्जने चितवनै चौरी हिमालै महाँ
विविध जात र जातिका चरिवरि सर्वत्र छन् भूमिमा ।

सुन्दर भूमिको व्याख्या जहिले जहाँ जति गरे पनि
कमै हुन्छ स्वचिन्तनमा राष्ट्र प्रेम यति उति भनी ।
म मरे पनि मेरो देशा बनोस यशोश्वसी
त्यसैले जप्दछौँ हामी, जनानी जन्म भूमिश्चः स्वर्गादपि गरियसि……………………….. ।। २ ।।

-Tribhuwan Bhatta

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *