म त छोरी मान्छे | कविता | Astha Acharya | काव्यकुञ्ज कविता प्रतियोगिता

म त छोरी मान्छे
त्यसलै जन्मनासाथ खसी काट्ने भनेर रयाल काढेका छमेकीहरु
अब फर्सी काट्ने बाध्यताले दुखी भएछन्,
अनि मेरा आफ्ना परवारका सदस्य पनि बाहिर जति नै खुशी देखाए पनि
भित्र भने निकै रोएछन् ………………..…….(१)

भाइ जन्मेपछि मात्र मेरी आमा
सन्तान जन्माउने परिक्षामा पास हुनुभयो,
उसको जन्मपछि मेरो घरपरिवारमा खुसीका
दीपहरु छायो………………..…….(२ )

म त अरुको घर जाने मान्छे त्यसैले आमाले मलाई बच्चैबाट भन्नहुन्थ्यो
अरुको घर गएर खुसी पार्नपुर्छ उनीहको इस्ट र कुल,
मन थियो मलाई पनि अंग्रेजीमा पढ्ने तर
भाइलाई मात्र पठाइयो बोर्डिङ स्कुल ………………..…….(३)

१० कक्षा पास गरेकी थिएँ आफन्त आएर भन्न थाले
छोरी अब ठूली भइछे,
अब बिहे गरेर पठाईदिए हुन्छ जति नै पढेलेखे पनि
भोलि अर्काको घर गएर घाँस चुलो गर्छे………………..…….(४)

म त अधिकारविहिन मान्छे
न थियो बाबुआमासँग बिहे नगरी बस्छु भन्ने आँट,
त्यसैले चुपलागि सहनुपर्यो
दस वर्ष ठूलो केटालाई दिँदा पनि हात………………..…….(५)

म त बच्चा जन्माउने मान्छे
दुई दुई वर्षको अन्तरमा जन्माए तिनओटा छोराछोरी,
पहिला बुबाले अनि अहिले श्नीमानले कस्न थाले
मेरो अधिकारको डोरी ………………..…….(६)

न सुन्थे मेरा कुरा न त मलाई
केहि पारिवारिक कुरामा समावेश गर्थे,
उनीहरु मलाई केवल
एक कमारको रुपमा हेर्थे… ……………..…….(७)

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *