सिकाउनलाई के नै छ र म सँग
तर तिमी सिक्न नै चाहन्छौं
भने
म रविलाई भनिदिन्छु
बिहान सधैँ नयाँ सपना लिएर उठन
सिकाइदेऊ उसलाई
सुनाउनलाई के नै छ र म सँग
तर तिमी सुन्न नै चाहान्छौ
भने
म कोहिलीलाई भनिदिन्छु
त्यो मीठो संगीत
सुनाइदेऊ उसलाई
देखाउनलाई के नै छ र म सँग
तर तिमी देख्न नै चाहान्छौ
भने
म मयूरलाई भनिदिन्छु
त्यो सुन्दर नृत्य
देखाइदेउ उसलाई
शृंगार्न के नै छ र म सँग
तर तिमी सृङ्ग्रिन नै चाहान्छौ
भने
म प्रकृतिलाई भनिदिन्छु
आफ्नै जस्तो सुन्दरता हुने गरी
सृङ्गार्देऊ उसलाई
बनाउन के नै छ र म सँग
तर तिमी बन्न नै चाहान्छौ
भने
म हिमाललाई भनिदिन्छु
आफै जस्तो अटल
बनाइदेउ उसलाई
बुझाउन के नै छ र म सँग
तर तिमी बुझ्न नै चाहन्छौ
भने
म मृत्युलाई भनिदिन्छु
जीवन के हो
बुजाइदेउ उसलाई
-Bibek Dhakal
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments