गुनासो | कविता | Ashok Gyawali | काव्यकुञ्ज कविता प्रतियोगिता

Ashok Gyawali

खेतकै आलि सम्माएछु कुलोनै बुजिनेगरि
सोत्तर बटुल्न पुगेछु डिगा भोकले टटिनेगरि।

भिरबारिको खरको मुठा एक डोका भरिदैन
सेउला काटी भारी पुराउ लोटिन्छ कि भर छैन।

चप्पल खुट्टामा चुटिसक्यो कालिज को पछि पछि
कालिज फुरुरु मन कटक्क म त्यसैको पछि पछि।

पातलो सल्लो नाङ्गा आखा आटिलो काठ भेटिदैन
खाइलाग्दो त्यहि मेवाको फेद कहिलै खाली भेटिदैन।

गोलो आकारको रातो, राम्रो त्यो डल्लो कमिलाको
सबै त्यतै, फलेको झुप्पो झरेछ एता कसैले नदेखेको।

बेमौसमे फलको कला बाहिर हिरा भित्र किरा
खोस्टो नराम्रो,रसिलो कति ,नरिवल हेपियो बिचरा ।

-Ashok Gyawali

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *