रहर | Nepali Poem | Avishek Shrestha | काव्यकुञ्ज कविता प्रतियोगिता

Avishek Shrestha

टेबलमा कुरिरहेको सलाइका काटी
अनि टेबल मै चिहाइरकेका बट्टा भित्रका चुरोटहरु
निसन्देह एकअर्काको घनिष्ट मित्र हुनु पर्छ
सलाइ सोच्द हो
उ जन्मे कै बल्नका निम्ति
यसरी नै चुरोट सोच्द हो
उ बनेकै जल्नका निम्ति
एकले अर्कोलाई जलाई आफू मरिसक्छ
अनि अर्को
सलाइ मरेको पिडामा होला
आफू पनि जलिरहन्छ
बिस्तारै मरिरहन्छ
अन्तत खरानी भैदिन्छ
बल्ल बुझ्दैछु दुनिया यसरी नै चलिरहेछ
कहिले बडो सहज्ताका साथ
कहिले बडो कष्टपुर्ण
हिजो आजका निम्ति
आज भोलिका निम्ति
केइ आशाका साथ
केइ विवस्ताका साथ
त्यसरी नै मेरा बा”
हाम्रो लागि लडिरहनुभा’को छ

म आउदो दिनको हाम्रोको लागि लड्नेछु
संघर्ष गर्नेछु
तर कता कता डर छ
दुनिया चले जस्तै
म पनि चल्नेछु होला भनी
जसरी सलाइ जलेको थियो चुरोटको लागि
यो बिर्सी चुरोट पनि जलेर खरानी हुनेछ एक दिन

जल्ने अनि जलाउने काम
चलिनै रहन्छ

-Avishek Shrestha

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *