happy new year 2021
२०२०को यो अन्तिम रातलाई अल्बिदा गर्दै
२०२१को पहिलो नविन बिहानीलाई स्वागत गर्दै
यो जीवन भोगाइको अर्कै मोडमा प्रवेश गर्दै छु
कठिन छ तर गन्तव्यमा पुग्न संघर्षमय यात्रा गर्दै छु
ह्यापी न्यु यर २०२१
२०२०को मेरो अतीत सम्झदा पनि उजाड लाग्दो छ
लाग्छ मरुभूमि पनि त्यो भन्दा साँच्चै नै हराभरा छ
हिजो बिताएका हरेक ती तिता रात,दिन अनि बिहानलाई साँची राख्दै छु
अब आउने हरेक नयाँ रात,दिन अनि बिहानलाई झिलिमिली बनाउने सपना बोकेको छु
Happy New Year 2021
हिजो पाएको र लाएको माया प्रगाढ बन्दै जाओस मेरो चाहना छ
मेरी उनको दुखेको मनमा मलम लाग्दै जाओस मेरो आकांक्षा छ
मनमुटावहरु पग्लिदै मायाको ढिक्का बन्दै जाओस मेरो प्रार्थना छ
साँच्चै यो मुटुमा रगत मेरो र धड्कन तिम्रै रहोस मेरो मनकामना छ
ह्यापी न्यु यर २०२१
यो नयाँ वर्ष मिलनको चौतारी बनोस
टाढिएका र नभेटिएका मनहरुलाई
यो नयाँ वर्ष खुसी र सफल वर्ष बनोस
नपुगेका गन्तव्य र नपाइएका चाहनाहरुलाई
अनि यो नयाँ वर्ष उनको र मेरो मात्र बनोस्
एकअर्काको मायाको सागरमा चुर्लुम्म डुब्नलाई
Happy New Year 2021 ❣️❣️
Read More Poem by Akash:
Follow Offline Thinker at Facebook: https://www.facebook.com/offlinethinker

