ओज छैन फिट्किरीमा | गजल | युवराज सुवेदी

जनजीवन ग्रस्त यहाँ ,विश्व मौन भुमरीमा ।
डडेलोको कालो मात्र ,दशा हैन भ्रामरीमा ।
मुस्कुराउन छाडिएका,अनुहारको भाव हेर,
पानीमात्र पेटभरी ,धान छैन भकारीमा ।

हुण्डरीले उड्याे छानो बाकी रह्यो खाबो मात्र !
भोको पेट माग्छ खान, नुन छैन तरकारीमा!

राहत त आयो सुन्थे, धन्यवाद छ सरकारलाई ,
कस्ले हाल्ने दान यहाँ ,भिख छैन टोकरीमा ।

कर्म भने गरेकै हो, पेट पाल्न ! महामहिम
बन्द भयो चोक सबै ,पेसा छैन चाकरीमा ।

पिंजडाको सुगा सरी,थुनिएको जगतमा
बिमुख छ काल पनि, पोस छैन सुत्केरीमा ।

कोइली बास्दा कोरोनाको ,वसन्त नै गयो कहाँ?
वृद्ध माँ लाई औषधि खै? ,ओज छैन फिट्किरीमा ।

 

Image by Jose Antonio Alba

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *