डी प्लसवाला विद्यार्थी | Nepali Poem By Nitesh Adhikari

ए प्लसवाला साथी डाक्टर बन्छ अनि
देखाउँछ इज्जत म माथि
पाइलट बन्छ साथी अनि
जहाज उडाउँछ मै माथि
ईन्जिनियर बन्छ अर्को साथी
अनि आफ्नो उपायले
गाडी कुदाउँछ नदी माथि
पढ्दा ध्यान नदिएकोले
छाती बिझाउँछ हेर साथी
खेल्छु फेसबुकका कमेन्टसँग;
म हुँ डीप्लसवाला विद्यार्थी ।

डल्ले पढ्नकोलागि काठमाडौँ हाँकियो,
खुर्के आएल्टसभन्दै तर्कियो,
टुल्के अष्ट्रेलियाको पि-आर भन्दै गर्कियो
“साथी कुन ग्रेड आयो ? “
उत्तर दिँदा लाग्ने झर्को
अरबको घाम भन्दापनि
पोल्ने प्रश्न चर्को
अलिकतिले डी प्लसमा परेछु क्यारे
जीवन त हेर्दाहेर्दै लर्कियो
क्यारमबोर्ड खेल्दै बितिरा’छ दिन साथी
आफू त परियो डी प्लसवाला विद्यार्थी ।।

त्यो बेलामा सरले पढाउँदा हल्ला गरियो
त्यही कारणले अहिले यस्तो दुःखमा परियो
ए प्लस , ए र बी प्लस सुन्दा लाग्छ दिक्क
यस्तो अवस्था देखेर उबेलाका शिक्षकले
भन्दा हुन्,”पर्यो ठिक्क!”
हरेक फिल्मको रिलिज मिति जानेको छु साथी
म त परे डी प्लसवाला विद्यार्थी ।।

अभि डाक्टर साथीसँग पार्टीमा गएर
सेल्फी हान्छ
आयुष आफ्नो गाडीमा
रेबनको चश्मा लाएर उद्योगपति
साथीहरूसँग मुस्ताङ घुम्न जान्छ
अनि
मेसेज पठाउँदै भन्छ ,
“कता हरायौ यार तिमी जस्तो मान्छे ? “
यो पिडामा म उत्तर दिन सक्दिन
त्यसैले मेरो हालत चाल पाएर
आफू हेपिने डरले
छिनभरमै अनफ्रेण्ड हान्छ
मोबाईलमा टाईपिङ्ग स्पिड बढिराछ साथी
थाहा नै छ नि
म हुँ डी प्लसवाला विद्यार्थी ।।

देख्नुभो , बज्र पर्दैछ म माथि
परिवारको गाली पनि खनिन्छ मै माथि
कति भन्नु पीडा छ मै माथि
यस्तो दुःख खप्नुभन्दा त पढेकै जाति
ग्रह दशा चल्दैछ रे साथी
म त परे डी प्लसवाला विद्यार्थी ।।

समाप्त

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments
A medico who loves to write

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *