ब्ल्याक होल | कविता | मोहन गुरागाईं “श्रृजित”

मनको ब्रम्हाण्डको एक कुनामा
मुर्झाइ बसेका सपनाका ताराहरु
सेलाउँदैछन् बिस्तारै आफैभित्र
उज्यालो दिने हाइड्रोजन सकिएर,
जन्मिदै गर्दाको त्यो चमक
अँध्यारो बगाउने गंगाको धारा
आकाश गंगाको मन झैं निलो, निश्चल
सक्दैछन् रिसका राता हतियारहरुले,
खुम्चिएर बसेका बिरोधाभाषहरु
चिहाउँदैछन्, क्रेटरको क्यानभासहरुबाट
आँधी आउन लागेको चकमन्न रात
ड्याम्म ! अनकन्ससको बिस्फोट ।

लौ बधाई ! फेला पर्यो भर्खरै
आलै बनेको ब्ल्याक होल
आफ्नै शुन्यताभित्र तानिरहेछ
उडिरहेका मृत सपनाहरु,
बाहिर कस्तो चमक
किन अन्धकार ब्ल्याक होलको कोरभित्र ?
कि समाधी हो त्यो
निसास्सिएका तारारुपी आत्माहरुको,
मभित्र पनि ब्ल्याक होल बनिरहेछ
मनको न्यूक्लियसलाई भ्याएर, दिमागतिर सरिरहेछ
दुर्बिन लिएर बसेका बिद्हरु भन्दैछन्
“हेर ! त्यो ताराको त न्यूक्लियस नै रहेनछ ।”

-मोहन गुरागाईं

 

Image by Gabe Raggio

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *