बात अर्को छ…!!!!! | REVATI RAMAN JHA

REVATI RAMAN JHA

बात अर्को छ…!!!!! | REVATI RAMAN JHA

सपना देख्छु हर रात दिन
तर साकार नहुनुको बात अर्को छ…
चाहनाहरु छन् मनमा अनगिन्ती
तर पूरा नहुनुको बात अर्को छ…
               हर बिहानीपखको उजेलीमा
               नयाँ उर्जाले छोएजस्तो लाग्छ…
               तर बेलुकीपख उस्तै ओइलिएको फूलसरी
               प्रभावहिन हुनुको बात अर्को छ…
जोश त छ हर नशा नशामा
होश नपुग्नुको बात अर्को छ…
पखालेर देख्छु आफ्नै छवि दर्पणमा
तर मनै धमिलो हुनुको बात अर्को छ…
               हर दिन नयाँ यात्राको शुरूवात गर्छु
               तर गन्तव्य नपाउनुको बात अर्को छ…
               यात्रा नटुङ्गिने हो कि जात्रा हुने हो
               जिन्दगीको दौडधुपको बात अर्को छ…
पाइलाहरु अघि बढाएजस्तो लाग्छ
तर जहाँको त्यहीँ पाउनुको बात अर्को छ..!!!!
लक्ष्य छ सामुन्ने तर नजरमा आउँदैन
यो अदृश्य दृश्यको बात अर्को छ…!!!!!
रेवती रमण झा (रंगेली-६, मोरङ नेपाल)

चाइनाको सिलिन्डर ! | Nepali Poem | Jivan Shahi

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *