मेरी आमा देउतालाई पुज्छिन्
दान दक्षिणा दिन्छिन्
सत्कर्म गर्छिन्
मेरो बुवा पनि उस्तै
सत्कर्म गर्नुहुन्छ
तर म बेग्लै
सत्मार्गमा जान चाहान्छु
आफुलाई जग्दिशको नशामा
अघि बढाउन चाहान्छु
परमात्माको खोजीमा
यो आफ्नो देहलाई
आध्यात्मको सिडी चढ्दै
अघि बढाउन चाहान्छु
तर म ,
न त अघि बढे
न कुनै सिडी चडे
मनभरी मेरा जग्दिश सडे
हो, मेरा जग्दिश मेरै खाडलमा
नमज्जाले लडे
येसरी म मेरो जिवन्तमा अघि बढे –
अप्प दीपो भव: भन्दै ।।
Read more by Secret Thinker
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

