“थकाइ” | कविता | Sulav Raj [Offline Thinker] #1

-Sulav Raj

रित्तो खल्ती
तर
मनको भित्तो
सोचले
भरिएको


छु एक्लै
तर
बिश्वास
छरपस्ट छरिएको

यहाँ

लाग्छ
सबै
आफ्नु आफ्नु
थैली भर्न
अघि अघि
सरिएको

हैट ! म के हेरिरहेछु ,
म किन एक्लै बर्बरिएको ?
म के सोचिरहेको ?


बौलाए बुढा बौलाहे
ओ, दाइँ तपाईंलाई के भो ?
काम गर्न सुरु गर्ने हैन फेरि ?
एक छिन ब्रेक देको थ्यो म्यानेजरले ,
बौलाए बुढा बौलाहे

म कहाँ छु भाइ ?

कामदार एक – लाहुर
कामदार दुई – परदेश
कामदार तिन – विदेश ।।

Photo by Suvash Chaulagain

 

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *