गल्ती
अहँ त्यसमा मेरो केहि गल्ती थिएन!
म त अचानक भएको त्यो घटनाको दर्शक मात्र थिएँ,
एक प्रकारको आनन्द लुट्दै थिएँ ,
र अर्को प्रकारको दुःख झेल्दै थिएँ म!
आनन्द!
त्यो नारीको बस्त्र हरणको दृस्यले दिदैथ्यो भने
दुःख त्यो गिडगिडाहट,त्यो चित्कारले!
त्यत्तिकैमा मैले पनि त्यो दृष्यको भाग हुने मौका मिल्यो,
उत्त्साहमा त्यो नारीको ईज्जतको पर्दा एक एक टुक्रा पारी आकाशमा हुत्याएँ, हात समातेँ, खुट्टा थिचेँ र चुम्बन गर्दै आफ्नो प्यास मेटाउन् त्यो नारीको ईज्जत उछालेँ!
चित्कार अझै तेज हुँदै गयो
तर,
मेरा दुवै कान हुँदै मष्तिष्क पुगेका ती चित्कारलाई
मनमा दन्किएको हवसको आगोले रोक्दै थियो!
आखिरमा हवसको ज्वाला अगाडि
त्यो चित्कारको एक चलेन!
एक-एक गर्दै हामी चारले
आफ्नो प्यास त्यो नारीको आँसु र चित्कारले बुझायौँ!
हाम्रो दमन सहन नसकेर ती नारीले देह त्यागिन्!
फेरि पनि म भन्छु,
अहँ त्यसमा मेरो केहि गल्ती थिएन
म पनि त एक दानव न हुँ
मौकाको पर्खाईमा रहेको दानव!
त्यो मौका,
जस्ले मेरो यो यौवनमा चडेको यौन प्यास मेटाउने थियो;
त्यसको मूल्य भलै कसैको वच्पन,कसैको साहारा र कसैको जीवन किन नहोस्;
मलाई केहि फरक पर्दैन!
किनकी म त त्यो यौन पिपासू हुँ,
जो आफ्नो फाईदाको लागि कुनै पनि हदसम्म गिर्न तयार छु!
मलाई केहि फरक पर्दैन,
चाहे त्यो मौका बालिका,अर्दबैंसे अथवा बृद्धा नारीको रूपमा आओस्!
किनकी एक हवसको पुजारीको आँखामा सबै समान हुन्छन्,
आफ्नो प्यास बुझाउने होस!
बस् त्यति काफि छ!
“सरकार भेटियाे , न्याय भेटिएन”
“सरकार भेटियाे , न्याय भेटिएन” | कविता | सुलभ राज [Offline Thinker]
Letter to My Future Self | Poetry by Sabi Thapa
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

