Aditya Dahal
अफ्सोस!
दोशी त्यो उखुबारी हुन सक्थ्यो होला!!
जहाँ उसको मृत शरिर थियो
तर यहाँ दोषी सत्तापक्षको हेर्ने नजर छ
त्यो नजर जसले तथ्य र प्रमाण लुकाएको देख्दा
एक चुँ पनि गरेन
त्यो नजर जसले आफ्नो आँखाको अगाडी अन्याय
भएको बेला आँखामा पर्दा र मुखमा ताला लगाएर
बस्यो
अझै पनि सोच्ने गर्छु म
त्यो कलिलो शरीरमा के देखे ती मानवरुपी दानवले
र
ती दानवमा के देख्यो त्यो सरकारले!!
ए साँच्ची पैसाले भरिएको खल्ती देखिएको पो त है !
र एक पटक फेरि पैसा र सत्ताको दुरुपयोगले एउटा शरीर खरिद्न सक्षम भयो हाम्रो सरकार
र हाम्रो काम भने
प्रसासन धिक्कार्नु र घरको त्यो आरामदायी खाटमा बसेर #justicefornirmala लेख्नुमै सिमित भयो!
करोडौं नेपालीको आवाज सिंहदरबारका भित्ताले रोक्न सफल भए।
यहाँ एक बलात्कार बिरोधी भए ,
हजारौं बलात्कृतका बिरोधी छन् ।
बलात्कारीलाई खोजेर सजाय दिनु त कहाँ हो कहाँ
उल्टै बलात्कृतलाई घटनाको दोषी ठहराउदै
आफ्नो चिता आफै तयार पार्न बाध्य गराउदै छन् यहाँ
किनकी यो नेपाल हो
जहाँ राम्रो काम गर्नेलाई समातिन्छ
र बलात्कारी खुलेआम हिंड्छ
अन्याय गर्नेले कानुन किन्छ
र जनता टुलुटुलु सबै घटना नियालेर आफ्नो बाटो हिड्छ।।
#justicefornirmala
बैकुण्ठमा बास होस चेली❤
Photo Artist: Sunil Sigdel
Also Read:
“सरकार भेटियाे , न्याय भेटिएन” | कविता | सुलभ राज [Offline Thinker]
“सरकार भेटियाे , न्याय भेटिएन” | कविता | सुलभ राज [Offline Thinker]
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

