विहान बेलुकी जप्ने छोरो नाममा धव्वा लाग्यो आमा।
यो अवस्था र दुनियाँको नियतीले धक्का लाग्यो आमा।।
मैले वच्पनमा भन्थेँ नि मर्छु वा मर्नु परे पनि गर्छु भनेर!
यो दुनियाँले मार्छु तर केहि गर्न दिन्न भनेर अड्कल लियो आमा।।
हजुरले भन्नु हुन्थ्यो नि आफूलाई खोलामा पारेर पनि तँलाई पुल तारेर छाड्छु भनेर।
आमा तर दुनियाँले भनिरहन्छ कि अघि बढिस भने खुट्टा तानेर मार्छु भनेर।।।
म फेरि फर्कन्छु र नियाल्छु तलवारमा टेकेर बचाउन खोज्ने मेरी आमा अनि घाँटीमा तलवार राखेर काट्न खोज्ने यो दुनियाँ।।
र आमाले दिएको अर्ति स्मरण हुन्छ कि “छ गेडी सबै मेरी छैनन् गेडि सवै टेडी”।।
You may also like:
Read More Poem:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

