मेराे माैनता तिम्रोलागि परिवर्तन भएछ | कविता | Pratima Bashyal

Pratima Bashyal

सधैँ तिमीसँग हाँस्ने र बाेल्ने मान्छे म
आज तिमीसँग न त हाँस्न
न त बाेल्न नै मन छ मलाई
लाग्थ्याे मेराे माैनता तिम्रो लागि
प्रश्न र जिज्ञाशाकाे विषय हुनेछ
अफ्शाेस तिम्रो ध्यान मबाट अन्तै गएछ
मेराे माैनता तिम्रोलागि परिवर्तन भएछ

तिमीसँग नबोली मेराे दिन नै कट्दैन,
Goodnight नसुनी निन्द्रा लाग्दैन भन्ने तिमी,
आजकल फाेन पनि गर्न छाडिसक्याै
लाग्छ आज तिमीलाई Goodnight
भन्ने अर्काे काेहि भेट भएछ
मलाई जूनिभरि मायाकाे अंगालोमा
बेर्नेछु भन्ने मान्छे आज मबाट धेरै टाढा गएछ

कुनै केटा मान्छेलाई विश्वास नगर्ने मान्छे म
तिम्रो अगाडि खै कसरी झुक्किएछु
सबैकाे अगाडि कठाेर मन बनाउने मान्छे म
तिम्रो अगाडि खै कसरी फुकिएछु
सबै केटा उस्तै हुन भन्ने साेच खै कता गएछ
साेझी मान्छे म, मलाई भ्रम रहेछ
मेराे माैनता तिम्रोलागि परिवर्तन पाे भएछ

म रिसाउदा तिमी फकाउने छाै ,
आफ्नो गल्ती सुइकार गरि
हाम्रो संबन्ध मझ्बुत गराउने छाै
यहि आशका साथ
म आफ्नाे भावनामा धेरै डुबेछु
तर हाम्रो संबन्ध त
म हाँसेर बाेल्दासम्म मात्र टिक्ने रहेछ
म रिसाउदा त
मेराे माैनता तिम्रोलागि परिवर्तन पाे भएछ

म त तिमीसँग त्यसै गरी हाँस्न र बाँच्न चहान्थेँ
हरेक दिन हाम्रो मायाकाे
अर्काे बलियाे गाँठाे कस्न चहान्थें
तर तिमीलाई त मेराे माैनता र रिसकाे प्रतिक्षा रहेछ
मसँग टाढा हुन परिवर्तन शब्द त बाहाना पाे भएछ।
मेराे माैनता तिम्रोलागि परिवर्तन पाे भएछ
मसँग टाढा हुन परिवर्तन शब्द त बाहाना पाे भएछ।

Image by Gerd Altmann from Pixabay

 

You May Also Like: 

 

ह्याप्पी बर्थडे बुबा | लेखकः सुगम दुलाल | [Offline Thinker]

 

मेरो देश सुतिरहेको छ । कविता | Sandesh Dhakal |

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *