एउटा मैले कतै पढेको कथा जस्तै छ हाम्रो जिन्दगीको कथा । यसरी सुरु हुन्छ-
एक दिन सत्य र झुटको भेट भयो । झुटले सत्यलाई भन्यो, “आज बढो रमाइलो घमाइलो दिन छ, सँगै खेलौँ !”
हुन पनि दिन अद्भुत नै थियो । दुबैले धेरै बेर प्रकृतिमा डुल्दै खेल्दै रमाए । डुल्दा डुल्दै मध्य दिनमा उनीहरु एउटा इनार निर पुगे । झुटले सत्यलाई फकायो, “उखर्माउलो गर्मी छ; इनारमा पसौँ र मज्जाले नुहाऔँ ।”
दुबैले सबै लुगा फुकाले र सर्वाङ्ग नग्न भएर इनारभित्र डुबुल्की मारे । केही बेर इनारमा नुहाएपछि झुट इनारबाट एक्कासी बाहिर निस्क्यो र सत्यका सबै लुगा लगाएर भाग्यो। झुटले आफ्ना लुगा लगाएर हिंडेको चाल पाएपछि सत्य आफ्नो लुगा खोज्न इनारबाट बाहिर निस्केर झुटलाई खोज्न लागी तर भेट्टाएन । बरु नाङ्गै हिँडेकी सत्यलाई देखेर दुनियाँले नाक खुम्चाए, दुत्कारे र सत्यतर्फ हेर्दै नहेरी अर्कातिर मुन्टो बटारे । बिचरी सत्य फेरि उही पोखरीमा फर्केर पानीभित्र लाज लुकाउन सदाको निम्ति गायब भई। अनि त्यसबेलादेखि नै झुट सत्यको भेषमा संसारभर घुमेको घुम्यै छ । दुनियाँले चाहेको आवरणमा ढाकिएको उसलाई सबैले मन पराएका छन् । नग्न सत्यको रुपलाई दुनियाँ भरको समाजले स्वीकार्न चाहेको छैन ।
त्यसैले नग्न सत्य गायब छे, लुकी राखेकी छे । हो समाज यस्तो छ कि सबै सत्यहरुलाई बाध्यतामा पारेर माथि उठ्न दिराखिएको छैन तर ती नपुंसकहरु जताततै आफ्नो हैकम जमाएर बसेका छन् ! तिनीहरुलाई सत्य को हो र के हो थाहा छ तर सत्यलाई दबाइ राखेका छन् ! एक दिन पक्कै सत्यको दिन आउने छ । हो आज त्यहि भएको छ । सत्यलाई कसरी नकार्ने हामी प्रकृति हौ तर हामीले प्रकृति आफै बनाको जस्तो गर्दै यसलाई दुरुपयोग गरिराखेका छौँ अनि यसैमाथि खेल्न खोजिराको छौँ । हो त्यहि हो आज मानव समाज सत्य होइन, सत्य बन्न खोजिराखेका छन् । ढाकछोपी गर्दै कति दिन टिक्ने? आज कोरोना जस्तै गरि असत्यलाई एकैपटक निकाल्दिने क्षमता छ ! तसर्थ जहिले पनि राम्रो कुकर्म गरौँ, सत्यलाई कहिले लुकाएर आफू पानी माथि ओभानो हुने कोसिस हर्दम नगरम् ! सबैको जय होस !
-Shiva Ram Dhakal
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

