लाचार छ्न्
कलमको धार
समय सारिणीमा उम्रेका अत्याचार
क्वारेनटाईन भित्रै
स्वास्थ्यकर्मी र स्वयंसेवकद्वारा
एक महिलामाथि बलात्कार भएको छ
आज समाज कुन बाटामा गएको छ !
हालबेहाल भएको छ ?
बहुत फोहोरी खोला
कसैको खाली दिमागमा
सलसलती बहेको छ
ए ! हरिबाहादुर
दुर दुर जान्छ
त्यो खोला
ए ! भोला
दुर दुर जान्छ
त्यो खोला
मानिसका चोला कहिले फिर्छ !
पापका लेखा जोखा कसले तिर्छ
खोलाको तिरै तिर
कतिन जेल झोला बोकेर हिड्नु
म के का लागि पढ्नु ?
ए ! स्वास्थ्यकर्मी
तिमी कति अधर्मी
धर्म ग्रन्थमा
वैधले नाडी समाती
इलाज गर्थे
आफैलाई लाज हुने कर्म गर्दैनथे
ए ! स्वयंसेवक
तिमी स्वमलाई नबुझ्ने
कस्तो सेवक ?
तिमी कस्को सेवक ?
मेरो घरमा पालेको सेवक
तिमी भन्दा बफादार छ
तिमीलाई आफ्नो परिवारले
घाटीमा बाधेर
चार हात टेकाएर
अब हिड्न सिकाउन
तिम्रो नयाँ जीवन
तेस्तो होस्
तिमी हाम्रा लागि मरिसकेउ
भङालो सफा गर्ने अगुवाहरुको
धेरै खाचो छ
महिलालाई मैलो नपार्ने
मानिसको धेरै खाचो छ
समाज साचो छ
सबैको ताल्चा उही छ
समाज साचो छ
असिम सम्भावना भै जन्मिएको मानिस ।
मानिस भित्र मानिसको खाचो छ ।।
-Sulav Raj Baral

