नारीको पीडा | कविता | Tirtharaj khatiwada | काव्यकुञ्ज कविता प्रतियोगिता

अस्तित्वलाई छाम्न बिसँदा,
श्रृङ्गारिएको आशा पनि अस्ताउँदैछा,
बाछितमा पौडिन खोज्दा,
मेरो रसिलो बोली अड्कदै-अड्कदै,
स्वाभिमानको छाती छिचोलेर,
इतिहासको घाउ कोट्याइरहेछ ।

दौलतको चाहमा उभिएको हिमाल,
आज कुम्लो – कुटुरो बोकेर ,
तराई झर्दैछ,
नियतिको अभिशप्त पटुका थपेर ,
लट्ठिदै-लट्ठिदै,
बकबकाएका ति भाषण,
नदीको किनारमा,
कुवाको भेगुताझै ट्वार- ट्वार…।

आमाले नङ्ग्याएका तेरा हात,
दिन रात बिचसभामा नाटक,
धेरै चपाइस अस्मिता,
संघारमा चिहाएर हेर्!
वेश्या कहलिएकाहरु,
आवाज भएर आउँदैछौ।

बार भत्काउन नसकेता पनि,
सदाइनेछन् ति चुसेरहरू,
मौन संकल्पका साथ,
काटिने छन् ति विरताहरू।।

-Tirtharaj khatiwada

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *