अन्तिम पत्र | Nepali Poem | Arnab Chaudhary

Offline Thinker

यति धेरै समयपछि
मैले तिमीलाई
केहि लेख्नुपर्ने
जरूरी त थिएन-
तर,
जब समयको कमी हुन्छ
तब जरूरी नलाग्ने हरेक चीज
अत्याधिक जरूरी भएको
महसुस हुन थाल्छ ।

ती हरेक कुराहरु सम्झनाको सागरमा
डुबुल्की लगाउन थाल्छन्
जसलाई लेख्न
त्यतिकै मुस्किल हुन्छ
जतिको मुस्किल
त्यसलाई भुल्न ।

सायद पत्र लेख्ने चलन
त्यसैले चलाइएको हुनुपर्छ
ताकी जब सम्झनाहरुमा
धुलो बस्न थाल्ने छन्
ती सब तस्विरहरु
धमिलो देखिन थाल्ने छन्
तब कुनै एउटा अन्जान हावा आएर
फर्फराई दिनेछ ती पानाहरुलाई
जसमा लेखिएको हुनेछ
ती सब कुराहरु
जसलाई नपढे पनि
रसाउने छन् यी आँखाका नानीहरु
सम्झीहाल्ने छ यो दुनियाले
कि रित्तिसकेको छ
यो कागजको टुक्रा
बाँकी छैन केहि लेख्नको लागि
यो कागजको टुक्रामा ।

सिर्फ कागज मात्र हैन
धेरै कुरा हुनसक्छ त्यो
सायद एउटा जिन्दगी।

हो
त्यही जिन्दगी
पठाउदैछु लेखेर
जसको केहि समयहरु
बिताएका थियोँ
तिमी र मैलेसँग-सँगै
जुन समयहरु जिउँदो रहनेछन्
मेरो अन्त्य पश्चात पनि
मेरो यो अन्तिम पत्रमा ।

-Arnab Chaudhary

Photo by Álvaro Serrano

Also Read:

प्रेम र युद्धबीच | कविता | अर्नब चौधरी

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments
I am no thing

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *