आज मुर्दै मुर्दाको चिहान भएको छ मेरो सहर,
गाउँ बस्ती दुनियाँ तिम्रै नाम लिन्छ हर प्रहर,
जाउ कहिले न आउने गरी बिनम्र गर्छु तिमीलाई ,
छुटकारा पाउन गुहार गुहार गरी रहेछ मेरो सहर ।
बाहिर जाउ माहामारी, भित्र बसुँ हाहाकार छ,
मानव बस्ती सखाप भयो कठै तिम्लाई धिकार छ ,
कुन जुनीको बदला लिनु थियो होला र त,
आज तिम्ले मानवहरुलाई मार्ने पर्ने अधिकार छ ।
एक एक गरी थालेका छौ हजारौंलाई तिम्ले मार्न,
हिजो मेरै घरमा आएको थियौ आज कस्लाई गयौ मार्न?
लासै लासको पहाड भयो युद्धलाई अन्त्य गर,
मानव बस्ती नखोजीदेउ अब तिम्ले रित्तो पार्न ।
-Rabindra Lamichhane
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

